• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

राप्ती नदी उत्खनन् विरुद्ध आन्दोलनः स्थानीयले बुझाए ज्ञापन


  •   आइतबार, पुष २७, २०७६ मा प्रकाशित
  • महेश रिजाल, काठमाडौं ।
    दाङमा राप्ती नदी जथाभावी उत्खनन् हुन थालेपछि आन्दोलित भालुवाङबासीले त्यसलाई रोक्न जिल्ला प्रशासन कार्यालयलगायतका निकायमा ज्ञापन पत्र बुझाएका छन् । सयौं स्थानीयको हस्ताक्षरसहितको ज्ञापनपत्र आइतबार जिल्ला प्रशासन कार्यालय, डिविजन वन कार्यालयल, जिल्ला समन्वय समिति, राप्ती गाउँपालिका र राष्ट्रपति चुरे मधेश संरक्षण विकास कार्यालयमा बुझाइएको हो ।

    Advertisement

    दाङ घोराहीस्थित जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र वन डिविजन कार्यालय तथा राप्ती गाउँपालिकामा ज्ञापन पत्र बुझाउन ज्ञामबहादुर खड्का, कर्णबहादुर केसी, टेकबहादुर एमसी, लक्ष्मी बुढामगर, मिना रोका, सीता बराल र रोमबहादुर गुरुङसहितको प्रतिनिधिमण्डल गएको थियो भने ललितपुरको खुमलटारस्थित राष्ट्रपति चुरे मधेश संरक्षण विकास समितिको कार्यालयमा पत्रकार महेश रिजालले ज्ञापन पत्र बुझाउनुभएको छ ।

    स्थानीयको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बस्ती नै जोखिममा पर्ने गरी भइरहेको नदी उत्खनन रोक्ने प्रतिवद्धता प्रकट गर्नुभएको छ । प्रजिअ रिजालले केही दिन अघि मात्रै पनि भालुवाङस्थित नदी उत्खनन् क्षेत्रको निरीक्षण गरी जथाभावी उत्खनन हुन नहुने बताउनुभएको थियो । त्यस क्रममा स्थानीयले नदी उत्खननबाट बस्तीमा पर्नसक्ने प्रभावबारे अवगत गराएका थिए ।

    दाङ देउखुरीको भालुवाङस्थित राप्ती नदीमा भइरहेको जथाभावी उत्खनन् विरुद्ध भालुवाङबासी आन्दोलित भएका हुन् । मानवबस्ती तथा राष्ट्रिय महत्वका सिंचाई आयोजना, पुल र राजमार्गलाई समेत क्षती हुने गरी ठेकेदारले उत्खनन गर्न थालेपछि स्थानीयले संघर्ष समिति नै बनाएर आन्दोलन थालेका हुन् । त्यसक्रममा २४ मंसिरमा नदी बगरमा भेला भएका सयौं जनाले ढुंगा गिट्टी बालुवा संकलन गर्न आएका दर्जनौं ट्रयाक्टर तथा टिपरलाई भगाइदिएका थिए ।

    राप्ती गाउँपालिकाले इजाजत दिएको भन्दै ठेकेदारले मंसिर दोस्रो सातादेखि जथाभावी ढुंगा, गिट्टी बालुवा संकलन गर्ने काम भइरहेको छ । दाङको राप्ती गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिका १ जोड्ने झोलुंगे पुल छेवैबाट धमाधम उत्खनन् हुन थालेपछि पुल जोखिममा परेको छ ।

    यस्तै, सो स्थानमा राष्ट्रिय गौरवको बड्कापथ सिंचाई आयोजनाको मूल छ भने कुवेत सरकारको सहयोगमा निर्मित प्रगन्ना सिंचाई आयोजनाको दुईवटा मुहानसमेत छ । नदीजन्य पदार्थको उत्खनन्ले ति आयोजना प्रभावित भएका छन् ।

    यसैगरी भालुवाङको मानवबस्ती छेवैबाट ठुलो परिमाणमा उत्खनन् हुँदा नजिकै रहेको हनुमान मन्दिर, दुईवटा मस्जिद र राष्ट्रिय माविलाई जोखिममा पारेको छ । यस्तै, पूर्व पश्चिम महेन्द्र राजमार्ग र राजमार्गस्थित राप्ती पुललाई समेत असर गर्न सक्ने देखिएको छ । यस्तै, इलाका प्रहरी कार्यालय भालुवाङको नवनिर्मित भवनसमेत जोखिम क्षेत्रमा पर्दछ ।

    राप्ती गाउँपालिकाले नदीको उत्खनन् गर्न आशु निर्माण सेवा विजुवार, प्युठानलाई ठेक्का दिएको हो । गाउँपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माका अनुसार १ करोड ४४ लाख २५ हजार रुपैयाँमा सो ठेक्का दिइएको हो ।

    तर, राष्ट्रपति तराई मधेश संरक्षण विकास कार्यालयले भने गाउँपालिकाले गलत ठाउँमा उत्खननको ठेक्का दिएको बताएको छ । आफ्नो कार्यालयले अनुमति दिएको भन्दै बेग्लै ठाउँबाट उत्खननको काम भइरहेको सो समितिको ५ नं प्रदेश कार्यालय बुटवलका प्रमुख अजय कार्कीले बताए । उनले राष्ट्रिय गौरवका आयोजनास्थल नजिक र मानवबस्तीलाई असर पार्ने गरी नदीजन्य बस्तुको उत्खनन् गर्न नपाईने र त्यस्तो ठाउँमा अनुमति पनि नदिने युगदर्शनलाई प्रतिक्रिया दिए ।

    यो पनि पढ्नुहोस्- राप्ती नदी उत्खनन् गर्न आएका दर्जनौं ट्रयाक्टर स्थानीयले भगाए

    आइतबार, पुष २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.