डोटी । राष्ट्रिय जनमोर्चा, डोटीले जिल्लामा निर्वाचनको प्रचार अभियान जारिनै राखेको छ । समानुपातिक निर्वाचनमा पार्टीका उम्मेदवारलाई भोट माग्न राजमोले अभियान थालेको हो ।
अभियान अन्तर्गत कार्तिक २० गते डोटीको बिपिनगरमा चुनावि सभा सम्पन्न भएको छ । राजमोका जिल्ला सदस्य नरेन्द्र बिष्टको सञ्चालनमा भएको कार्यक्रमलाई राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र जिल्ला अध्यक्ष डबल बोगटी तथा समानुपातिक उमेदवार उज्जर बुढाले सम्वोधन गनु भएको थियो।
त्यस्तै, कार्तिक २१ गते बडिकेदार गाउँपालिकाको खणेउली र अत्तरकाँडामा चुनाविसभा सम्पन्न भएको छ ।
उक्त सभालाई प्रमुख वक्ता महासचिव मनोज भट्टले सम्वोधन गर्नु भएको थियो भने सञ्चालन जिल्ला अध्यक्ष डबल बोगटीले गर्नु भएको थियो।
खणेउलिमा भएको कार्यक्रमलाई डोटी प्रदेश सभा (ख) का प्रतक्ष उमेदवार शिवसिंह ओली, राजमोका समानुपातिक उम्मेदवार उज्जरसिंह बुढा र नेपाली काग्रेसका कार्यवाहक सभापति नारायण जोशीले सम्वोधन गर्नु भएको थियो।