दिनेस रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चा दाङले जिल्लामा निर्वाचनको प्रचार अभियान अन्तरगत आज (सोमबार) लमही नगरपालिका वार्ड नं ५ मा आफ्नो अभियान जारी राखेको छ । समानुपातिक निर्वाचनमा पार्टीका उम्मेदवारलाई भोट माग्न राजमोले अभियान सञ्चालन गरेको हो ।

लमहीमा आयोजित कार्यक्रममा प्रदेश समानुपातिक उम्मेदवार गणेश आचार्य, राजमो दाङ जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारी र नेता ठाकुर भण्डारी लगायतले सम्बोधन गर्नुभएको थियो।
हरि थापाको अध्यक्षतामा सम्पन्न सभाको सत्तचालन राजमो दाङ जिल्ला उपाध्यक्ष महेश रिजालले गर्नु भएको थियो ।

त्यस्तै, गढवा ६ मा कपिलदेव खनालको अध्यक्षतामा भएको कार्यक्रममा राजमो जिल्ला सचिव वसन्तराज पौडेल, प्रदेश सभा उम्मेद्वार दुर्गालाल केसी, केशरी आचार्य, राजमो जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारी र ज्ञान दास लगायतले सम्वोधन गर्नुभएको थियो ।
चिन्तामणि पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कोणसभालाई सञ्चालन महेश रिजालले गर्नु भएको थियो । साथै कार्यक्रममा कैयौँ व्यक्तिहरु राजमोमा प्रवेश गरे ।

यसैगरी, राजपुर गाउँपालिका वार्ड नं ५ जंग्रहवामा राजमो पालिका अध्यक्ष टेक बहादुर बुढाको अध्यक्षतामा राजमो दाङ जिल्ला सचिब वसन्तराज पौडेल, प्रदेश समानुपातिक उम्मेदवार केशारी आचार्य, रामफकिरे रैदास र समता समाजका जिल्ला सदस्य राजकुमार विश्वकर्मा लगायतले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन महेश रिजालले गर्नु भएको थियो।
