नवलपरासी । राष्ट्रिय जनमोर्चा, नवलपरासी पश्चिमले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को बर्दघाट र क्षेत्र नं २ को सुनवलमा छुट्टाछुट्टै भेला गरी प्रचार समिति गठन गरेको हो ।
समिति गठनसँगै राजमोले समानुपातिक चुनाव प्रचार अभियानसमेत सुरु गरेको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा राजमो जिल्ला सचिव ढुण्डिराज पोखरेलको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा रेम राना ,राजेन्द्र अर्याल, शोभाकान्त लामिछाने, लक्षमण हमाल, सिमा काफ्ले, रामसिंह लामा, राजकुमार बुढाथोकी, तारक केसी, दुर्गा अचार्य, भोजराज पोखरेल, वलिराज रेग्मी र विमला राना रहनुभएको छ ।
यसैगरी प्रतिनिधि सभा निर्वाच क्ष्रत्र नं २ को सुनवलमा भएको भेलाले राजमो जिल्ला सल्लाहकार उत्तमराज खरेलको संयोजकत्वमा २९ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा जितबहादुर पौडेल, गिरिराज ज्ञवाली ,शेरबहादुर सूर्यवंशी, रामनाथ पौडेल, मेघराज गौतम, इन्दिरा रोका, रेवती घिमिरे, नरेन्द्र विक, तारा बहादुर सुनार, कृष्णबहादुर थापा, प्रेमबहादुर थापा, यवमबहादुर थापा, जंगबहादुर थापा, तिलबहादुर थापा, कुलराज गौतम, देवीप्रसाद सर्भुजा, रतन थापा, हर्कध्वज लिम्बु, तारा गौतम, अनिता क्षेत्री, उर्मिला भुजेल, वेलकुमारी थापा, शोमा सूर्यवंशी, ज्ञानबहादुर विक, नरकहादुर राना, दुर्गा सुनार, सिता थापा, किष्ण थापा रहनुभएको छ ।
दुवै भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलक प्रसाद सुवेदीले समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा राजमो नवलपरासी जिल्ला अध्यक्ष किसनबहादुर अधिकारीको समेत उपस्थिति रहोको थियो ।
साथै भेलाले समानुुपातिकतर्फ पार्टीकधो चुनाव चिह्न गिलासमा मतदानका लागि प्रचार प्रसारमा जोड दिने निर्णय गरेको छ ।