• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दक्षिणक्षेत्र जोड्ने कलुवापुर बेलौरी राजमार्ग सात वर्षसम्म अलपत्र


  •   आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित
  • कञ्चनपुर । निर्वाचनका बेला कञ्चनपुरको दक्षिणि क्षेत्र जोडने कलुवापुर बेलौरी राजमार्ग सात वर्षसम्म अलपत्र बनेको छ । राजमार्ग स्तरोन्नति गरी कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भएको सात वर्ष बित्नै लागेपनि अधुरो नै रहेको छ ।

    Advertisement

    निर्वाचन प्रचारप्रसारमा राजमार्ग कालोपत्र गर्ने कार्यलाई टुङ्गोमा पुर्याएरै छोड्ने निर्वाचनमा राजनीतिक दलका उम्मेदवारले प्रतिबद्धता व्यक्त गर्छन । तर, निर्वाचन सकिएपछि राजमार्ग कालोपत्र गर्ने कार्य सबैले बिर्षने गरेका छन् ।

    राजमार्गको केही भाग कालोपत्र गरिए पनि सडक पूरै कालोपत्रे हुनसकेको छैन । ‘सडक निर्माणका लागि पटक–पटक निर्माण कम्पनीको म्याद थप्ने कार्य मात्रै हुँदै आएको छ ।

    विगतमा निर्वाचनका बेला राजमार्ग निर्माण गरेरै छाड्ने राजनीतिक दलका उम्मेदवारले मतदाता समक्ष गरेका अहिलेको निर्वाचनमा पनि त्यही पुरानै वाचा लिएर उम्मेदवार घरदैलोमा पुगेको उहाँले बताउनुभयो । सडक पूरै कालोपत्र हुन नपाउँदै खाल्डाखुल्डी भएर जीर्ण बन्न थालेको छ, उहाँले भन्नुभयो, गुणस्तरीय कार्य गरी सडक निर्माणको कार्य निर्धारित समयमै पूरा गर्ने प्रतिवद्धता आउनुपर्छ ।

    सडक कालोपत्र गर्ने कार्यलाई अगाडि बढाउनका लागि स्थानीय बासिन्दाले पटक–पटक सडक अवरुद्ध गरेर दबाब दिदै आएका छन् । स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएपछि केही दिन सडक कालोपत्र गर्ने कार्य अगाडि बढाए जस्तो गरेर निर्माण व्यवसायीले पुन:कार्यमा ढिलासुस्ती गर्ने गरेको स्थानीय सियाराम रानाले बताउनुभयो ।

    कहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले रोकेको भन्छन्, कहिले केन्द्रबाट प्रदेश मातहतमा कार्य आउँदा विलम्ब भएको हो भन्छन्,उहाँले भन्नुभयो, निकुञ्जले रोकेको भए पनि समस्या समाधान गरेर कार्य अगाडि बढाउनुपर्ने हो, यसका लागि कोही अगाडि आउँदैन, समस्या देखाएर पन्छिने कार्य मात्रै हुँदै आएको छ ।

    शुक्लाफाँटा नगरपालिकाको कलुवापुरदेखि जिल्लाको दक्षिणि क्षेत्र बेलौरी जोड्ने एक मात्रै मार्ग निर्माणको कार्य तत्कालीन पञ्चायतीकाल बाट सुरु भएको हो ।

    पञ्चायतीकाल निर्माण भएको सडक कालोपत्र भएको हेर्नका लागि यस क्षेत्रका बासिन्दाले वर्षौँसम्म कुर्नुपर्ने भएको स्थानीय बासिन्दाको भनाइ छ । राजमार्गको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चानदेवदेखि कालागौंँडीसम्मको तीन किलोमिटर सडक र कलुवापुरदेखि बन्साहसम्मको झण्डै तीन किलोमिटर सडक बहुवर्षीय ठेक्का भए पनि अहिलेसम्म कालोपत्र हुनसकेको छैन ।

    कालोपत्र गरिएको सडक निर्माणकार्य पूरा नहुँदै खाल्डाखुल्डी हुन थालेपछि सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सडक स्तरोन्नति गरी तीन वर्षभित्रै कालोपत्र गर्नका लागि विसं २०७३ को भदौ महिनामा सन्तोष थेगिम जेभीसँग रु १८ करोड २० लाखमा सम्झौता गरिएको थियो ।

    आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.