रुपन्देही । अखिल नेपाल जनजाती सम्मेलन देवदह नगरपालिकाको प्रथम नगर भेला सम्पन्न भएको छ । भेलाले बागबिर पुनको अध्यक्षतामा नौ सदस्यीय देवदह नगर समिति गठन गरेको छ ।
Advertisement
समितिको उपाध्यक्ष प्रेम बहादुर थापा, सचिव चित्रबहादुर थापा, कोषाध्यक्ष मिना पुलामी रहनुभएको छ । सदस्यहरुमा रुपा सारु, भिम बहादुर थापा, यम बहादुर थापा, यमकला खड्का मगर र गंगा थापा रहनुभएको छ ।
जनजाती सम्मेलन रुपन्देहीका अध्यक्ष बिमल कुमार श्रीसको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा सचिव भिम बहादुर थापा, सल्लाहकार नारायण पुन लगायतका नेताहरुले सम्बोधन गर्नुभएको रुपन्देहीबाट माधव खनालले जानकारी दिनुभएको छ ।
बागबिर पुनको अध्यक्षता, प्रेमबहादुर थापाको स्वागत र यमबहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।