• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘पहिले कुटपिट गरे अनि टिपरले कुल्चाएर मारे’


  •   शुक्रबार, पुष २५, २०७६ मा प्रकाशित
  • काठमाडौं । जनकपुरमा शुक्रबार बिहान हत्या गरिएका दिलीपकुमार महतोको हत्या योजनावद्ध रुपमा भएको देखिएको छ । अवैधरुपमा भइरहेको खोला उत्खननको विरुद्ध आवाज उठाएका दिलीपलाई टिपरले कुल्चनुअघि कुटपिट भएको रहस्य सार्वजनिक भएको छ ।

    Advertisement

    चुरियामाई बालुवा प्रशोधन उद्योगले अवैध उत्खनन् गरिरहेको थाहा पाएर रोक्नकै लागि छिमेकी साथी रोशनलाई लिएर उत्खनन्स्थल पुगेका दिलीपमाथि पहिला कुटपिट गरिएको र त्यसपछि टिपरले किचाएर हत्या गराइएको रहस्य सार्वजनिक भएको हो ।

    दिलीपलाई पहिले कुटपिट गरि घाइते बनाएर टिपरले कुल्चाइएको परिवार र स्थानीयहरुले आरोप लगाउँदै आएका छन् । मिथिला नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष श्यामबाबु यादवले पनि उनीमाथि कुटपिट भएको पुष्टि गरेका छन् । घटनाको प्रकृति हेर्दा पनि शंकास्पद देखिएको प्रहरीले समेत जनाएको छ ।

    शुक्रबार बिहान ४ बजेतिर आफूलाई दिलीपले फोन गरेको र उत्खनन् रोक्दा आफूमाथि कुटपिट भइरहेको भन्दै फोन गरेको वडाअध्यक्ष यादवले बताए। उनले दिलीपको फोन आउनासाथ आफू दौडेर घटनास्थल पुग्दा त्यहाँ अरु कोही पनि नभएको र उनको हत्या भइसकेको देखेको बताए । उनले प्रहरीले मुचुल्का नउठाई दिलीपको शव उठाएर लगेको बताए।

    दिलीपका दाइ वीरेन्द्र महतोका अनुसार गएको बुधबार मात्रै दिलीपका बुबा रामजीवन महतोलाई ठेकेदार तथा क्रसर उद्योगका सञ्चालक विपीनकुमार महतो धम्क्याउँदै भनेका थिए, ‘छोरालाई सम्झाइ दिनु। नत्र कुनै दिन जिउमै टिपर चढाइ दिन्छु।’ वीरेन्द्रले भने, ‘पहिलेदेखि नै क्रसर तथा टिपर मालिकहरुले विभिन्न प्रकारका धाकधम्की दिलीपलाई दिँदै आएका थिए। तर, भाइले त्यसको पर्वाह गरेन। अन्ततः उसको ज्यानै लिइयो।’

    दिलीपको हत्या गर्ने टिपर पनि चुरियामाइ बालुवा प्रशोधन उद्योगको ग्यारेज भेटिएपछि उनको हत्या सुनियोजित रहेको पुष्टि हुन्छ। प्रहरीले आइतबारै दिलीपलाई कुल्चने ना ७ ख ६४१३ नम्बरको टिपरका चालक मुनिन्द्र महतोलाई ढल्केबरबाट पक्राउ गरेको छ।

    मिथिला नगरपालिका भित्रको अधिकांश नदी एवं खोलाहरुमा अवैध उत्खननको आतंक छ। गाउँ र चुरेलाई समेत जोखिम बढाउने गरी नदीजन्य गिट्टी बालुवा उत्खनन् भइरहेको छ। यस्तो कार्यको विरुद्धमा गाउँले र स्थानीयबासीले पटकपटक स्थानीय सरकार र प्रहरी प्रशासनलाई गुहारेका थिए। तर, कसैले पनि उनीहरुको आवाज नसुनेको स्थानीयको भनाइ छ। उल्टै क्रसर व्यवसायीले आवाज उठाउनेहरुलाई धम्की दिने गरेका थिए।

    प्रहरी र स्थानीय सरकारको अकर्मण्यता र मिलेमतोका कारण व्यवसायी र टिपर सञ्चालकको आतंक झन्झन् बढ्दै गयो। अवैध उत्खनन विरुद्धको अभियानलाई नेतृत्व दिइरहेका थिए दिलीपकुमार महतोले। उनलाई पनि चुप लागेर घरमा बस्न पटक पटक धम्की आइरहेको थियो। परिवारका अनुसार सबैभन्दा बढी धम्की दिएका थिए, औरही खोलामा क्रसर सञ्चालन गर्ने गाउँकै विपीनकुमार महतोले। तर धम्कीको पर्वाह नगरी दिलीप यो अभियानमा सक्रिय रहे।

    गाउँलाई नै जोखिममा पारेर दुवै खोलामा भइहेको अतिक्रमण विरुद्ध गाउँलेलाई दिलीपले नै जगाएका थिए। खोलामा भइरहेको उत्खनन विरुद्ध लागेका उनको समूह र टिपर र क्रसर चालकहरुको बेलाबेलामा विवाद पनि भएको थियो।

    डेढवर्षअघि मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोको संलग्नतामा बसही खोलामा भएको अवैध उत्खनन र खोला अतिक्रमणको विरोधमा दिलीपकै नेतृत्वमा अभियान सञ्चालन भएको थियो। उनीहरुले जनकपुरबाट पत्रकार टोली बोलाएर घटनाको भण्डाफोर गरेका थिए।

    स्थानीय जग्गा ठेकेदार राजाराम महतोले ढल्केबरको पूर्वमा रहेको बसही खोला अतिक्रमण गरेको जानकारी पनि उनीहरुले दिएका थिए।

    शुक्रबार, पुष २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.