• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

चित्रबहादुर केसीबारे ‘हाँक’ ले फैलाएको भ्रम


  •   शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
  • मनोज भट्ट ##
    २०७९ कार्तिक १४ गते बागलुङ बजारमा पत्रकार ऋषि धमलाले “जनता जान्न चाहन्छन्” कार्यक्रमअन्तर्गतको खुल्ला रूपमा निर्वाचन बहस कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसीलगायतका अन्य उमेदवारलाई पनि आमन्त्रित गरिएको थियो । त्यसै दिन का. केसीको काठेखोला गाउँपालिका–३ धम्जामा चार चारओटा छुट्टाछुट्टै निर्वाचनकेन्द्रित कार्यक्रम थिए । व्यस्तताका कारण सार्वजनिक सुनुवाइ प्रकृतिको ऋषि धमलाको उक्त निर्वाचन बहस कार्यक्रममा का. केसी उपस्थित हुन सक्नुभएन । कार्यव्यवस्तताले खुल्ला निर्वाचन बहस कार्यक्रममा सहभागी हुन नसके पनि त्यसै दिन अबेर साँझ भए पनि पत्रकार ऋषि धमलाले का. केसीसँग बेग्लै अन्तर्वार्ता लिएर सार्वजनिक गर्नुभएको थियो । त्यो अन्तरवार्ता टिभीमा प्रसारणसमेत भएकाले त्यसलाई पनि सार्वजनिक प्रकारको कार्यक्रम नै मान्नुपर्ने हुन्छ । टिभीको माध्यमबाट सार्वजनिक रूपले जनताले उहाँका कुरा सुनेका थिए ।

    Advertisement

    का. केसीको राजनीतिक जीवन खुल्ला पुस्तक झैँ छ । खुल्ला राजनीतिक जीवन सुरु भएपछि उहाँले राजनीतिक रूपले विरोधी, फुटपरस्त वा वाम आन्दोलनभित्रका विजातीय तत्त्वका विभिन्न आरोपको सार्वजनिक रूपले नै सामना गर्दै आउनुभएको छ । कुनै पनि कालखण्डमा त्यस प्रकारको प्रश्नबाट उहाँ पछाडि हटेको इतिहास देखिन्न ।

    केही स्थानीय मतदाताहरूको सहभागितामा आयोजित एउटा खुल्ला कार्यक्रममा कार्यव्यस्तताले का. केसीको अनुपस्थिति भएका कारण “हाँक” पत्रिकाले (१६ कार्तिक २०७९, वर्ष ३९ अङ्क ४४) त्यस विषयमा लामै विश्लेषण अगाडि सारेको छ । उक्त विश्लेषण हेर्दा पत्रिकाको भन्दा पत्रिका सञ्चालन गरिरहेका फुटपरस्त तत्त्वहरूको बौद्धिक टाटपल्टाइ वा दिवालियापनलाई देखाउँछ । पूर्वाग्रहले जहिले पनि यथार्थभन्दा मनमा लागेका कुण्ठालाई सत्य मान्न पुग्दछन् । जवाफ सामना गर्न नसक्ने डरले भागेको, संसद्वादी राजनीति अँगालेको, जन्मको आधारमा नागरिकता दिने विधेयकमा सहमति गरेको, जनमुक्ति पार्टीजस्तो जातीवादी पार्टीका उम्मेदवारलाई समर्थन गरेको,  बागलुङमा काङ्ग्रेस र जनमोर्चाका बिच चलिरहेको भीषण वर्गसङ्घर्षलाई उपेक्षा वा परित्याग गरेको, चुनावलाई रणनीतिक रूपमा उपयोग गरेको कुरा पुष्टि गर्न नसक्ने भएको हुँदा का. चित्रबहादुर केसी जनताका प्रश्नबाट भागेको भ्रम फैलाउन खोजिएको छ ।

    हाँकले फैलाउन खोजेको भ्रम राजनीतिक विषयसँग मात्रै नभएर केसीजीको नितान्त व्यक्तिगत चरित्रहत्या पनि गर्न खोजिएको छ । त्यो लेख पढ्दा यस्तो लाग्दछ, मानौँ एमालेको उम्मेदवार सूर्य पाठकले का. केसीको विरोध गर्नका लागि “हाँक” लाई चित्रबहादुर केसीका विरुद्ध भ्रमको खेती गर्नाका लागि प्रायोजन गरेको स्पष्ट हुन्छ । का केसीका विरुद्ध भ्रम छरेर एमालेका सूर्य पाठकको पक्षमा चुनावी वातावरण सृजना गर्ने जिम्मा “हाँक” ले लिएको देखिन्छ ।

    हाँकले अगाडि सारेको विश्लेषण हेरौँ । जनताका प्रश्नको जवाफ दिन नसक्ने भएकाले का. केसी भागेको दाबी गरेका छन् । के यथार्थ त्यस्तै हो त ? कुनै एउटा कार्यक्रममा कार्यव्यस्तता वा अन्य कुनै कारण कुनै नेता उपस्थित हुन नसक्नुलाई जवाफ दिन नसकेर भागेको अर्थमा अथ्र्याउनु हास्यास्पदबाहेक अरू केही हुन सक्दैन ।

    का. केसीको राजनीतिक जीवन खुल्ला पुस्तक झैँ छ । खुल्ला राजनीतिक जीवन सुरु भएपछि उहाँले राजनीतिक रूपले विरोधी, फुटपरस्त वा वाम आन्दोलनभित्रका विजातीय तत्त्वका विभिन्न आरोपको सार्वजनिक रूपले नै सामना गर्दै आउनुभएको छ । कुनै पनि कालखण्डमा त्यस प्रकारको प्रश्नबाट उहाँ पछाडि हटेको इतिहास देखिन्न । विरोधी, दक्षिणपन्थी, उग्रवामपन्थी सबै खाले प्रवृत्ति वा तिनीहरूबाट लगाइने आरोपका विरुद्ध खुल्ला र सार्वजनिक रूपले सामना गर्दै आउनुभएको छ । त्यस प्रकारको आधारहीन आरेप लगाउँदा फुटपरस्टहरूले कात्तिक १४ गते बागलुङमा आयोजित खुल्ला बहस केसीजीको पहिलो र अन्तिम कार्यक्रम होइन भन्ने कुराको हेक्का उनीहरूलाई हुनुपर्ने हो ।

    पार्टी संसद्वादमा डुबेका कारण त्यसको चित्तबुझ्दो जवाफ दिन नसक्ने भएको हुनाले का. केसी कार्यक्रममा अनुपस्थित रहेको प्रश्नमाथि केही विचार गरौँ ।

    नेकपा (मसाल) वा का. केसीले कहिँ पनि संसद्मा बहुमत ल्याएर प्रतिक्रियावादी वा विद्यमान व्यवस्थालाई परिवर्तन गर्न सकिन्छ । संसद्बाट जनवाद वा समाजवाद व्यवस्था स्थापना गर्न सकिन्छ भनेर सार्वजनिक वा छद्म रूपमा संसद्प्रति विश्वास व्यक्त गरिएको वा सशस्त्र सङ्घर्षबाट सत्ता प्राप्त गर्ने कुरालाई अस्वीकार गरेको पाइँदैन ।

    हाँकको समाचार विश्लेषणमा का. केसीले जन्मको आधारमा नागरिकता विधेयक पारित गर्दा सहमति जनाएको र पछि गल्ती भएको भनि सार्वजनिक रुपमा आत्मालोचना गरेको कुरा उठाएका छन् । यो कुरा हाँक वा फुटपरस्तहरुले अहिले पहिलो पटक उठाएको नभएर पटक पटक उठाएर यसलाई एउटा मुद्दाको रुपमा अगाडि बढाइरहेका छन् । जन्मको आधारमा नागरिकता दिने राष्ट्रघाती कानुन पारित हुनुमा सम्पूर्ण दोष का. केसीमाथि थोपर्न लगातार प्रयत्न गरिरहेका छन् । त्यसैले सार्वजनिक बहस कार्यक्रममा त्यहाँ उपस्थित मतदाताले यो विषयमा का. केसीसँग जवाफ माग्थे वा माग्दैनथे त्यो त भन्न सकिँदैन तर, फुटपरस्तहरुले आफ्नो पूर्वाग्रही सोचलाई मतदाताको थाप्लोमा हाल्न खोजेका छन् ।

    सर्वप्रथम तत्कालिक पुनस्र्थापित संसदमा राष्ट्रिय जनमोर्चाका तीनजना मात्र सांसद थिए । तीन जना सांसदले सरकारले अगाडि सारेको नागरिकता विधेयकलाई पारित गर्नबाट रोक्न सकने स्थिती थिएन । त्यो अवस्थामा संसदमा पार्टीको तर्फबाट नागरिकता विधेयकलाई अस्वीकार गरेर विरोध गर्नुपर्ने आवश्यकता थियो । जन्मका आधारमा नागरिकता दिने प्रावधानबाट उत्पन्न हुने परिणाम वा त्यससँग जोडिएको कानुनी प्रश्नमा पार्टी स्पष्ट हुन सकेन, भ्रममा पर्यो । पछि नागरिकता विधेयकको त्यो प्रावधानका विषयमा स्पष्ट भएपछि संसदीय दलको नेताको हैसियतले का. केसीले त्यसको नैतिक जिम्मेवारी लिएर आत्मालोचना गर्नुभयो । र, तुरुन्त देशब्यापी विरोध कार्यक्रमहरु आह्वान भएका थिए । २०६३ साल मंसिर ११ गते देशब्यापी सो विधेयकको राष्ट्रघाती प्रावधानविरुद्ध विरोध सभाहरु आह्वान गरिएको थियो । जन्मको आधारमा नागरिकता दिने कानुन बनेदेखि हालसम्म राष्ट्रिय जनमोर्चाले सडक र सदनमा विरोध र संघर्ष गर्दै आएको छ ।

    जन्मका आधारमा नागरिकता दिने र, जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई बंसजको नागरिकता दिने प्रावधानका विरुद्ध पुनर्स्थापित संसद, अन्तरिम व्यवस्थापिका संसद, दुइवटै संविधानसभा तथा हालै कार्यकाल सकिएको संसदमा राष्ट्रिय जनमोर्चाले खेलेका भूमिका भन्दा भ्रम, भूल वा अज्ञानतावस सुरुमा त्यो विधेयकको पक्षमा दिएको सहमतिलाई मुद्दा बनाएर फुटपरस्तहरुले उछाल्नका पछाडि उनीहरुको पूर्वाग्रही सोचले काम गरेको छ । नागरिकता विधेयकका विरुद्ध हाम्रो पार्टीले गरिरहेको संघर्षलाई नदेख्नुले कतै हाँकले नागरिकता कानुनका विरुद्ध जनमोर्चाले संघर्ष नगरिदिए हुन्थ्यो भन्ने छद्म सोचाईको परिणाम त होइन ? हाँक वा फुटपरस्तहरुको नियतमाथि शंका गर्ने ठाउँ पैदा भएको छ । 

    का. केसीको कम्युनिस्ट आन्दोलनभित्र संसद्वाद र वहिष्कारवादीका विरुद्ध लामो वैचारिक सङ्घर्षको पृष्ठभूमि छ । केसीको दुईटा विपरीत तथा सारमा एउटै प्रवृत्तिका विरुद्ध वैचारिक सङ्घर्षको लामो इतिहास छ । त्यसैले त्यस्तो प्रश्नबाट भाग्ने प्रश्नै आउन्न । शक्तिसञ्चयका लागि संसदीय चुनावमा भाग लिनु र संसद्लाई नै आफ्नो मूल राजनीतिक उद्देश्य वा लक्ष्य बनाउनु दुईटा फरक फरक विषय हुन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा प्रतिक्रियावादी व्यवस्थाअन्तर्गत हुने निर्वाचनलाई कम्युनिस्टहरूले कार्यनीतिक रूपमा उपयोग गर्न वा बहिष्कार गर्न सक्दछन् । कुन बेला कुन नीति अपनाउने ? त्यो तात्कालिक परिस्थितिमाथि निर्भर हुन्छ ।

    लेनिनद्वारा लेखिएको “वामपन्थी लफ्फाजी : एक बालरोग” पुस्तकमा चुनावको उपयोग र बहिष्कार कुन अवस्थामा सही हुन्छ भन्ने कुरा रुसको अनुभवसहित सविस्तार चर्चा गरिएको छ । नेकपा (मसाल) वा का. केसीले कहिँ पनि संसद्मा बहुमत ल्याएर प्रतिक्रियावादी वा विद्यमान व्यवस्थालाई परिवर्तन गर्न सकिन्छ । संसद्बाट जनवाद वा समाजवाद व्यवस्था स्थापना गर्न सकिन्छ भनेर सार्वजनिक वा छद्म रूपमा संसद्प्रति विश्वास व्यक्त गरिएको वा सशस्त्र सङ्घर्षबाट सत्ता प्राप्त गर्ने कुरालाई अस्वीकार गरेको पाइँदैन । यदि त्यस्तो मान्यता सारेको भए निश्चित रूपले त्यो संसद्वादको बाटो हुन्थ्यो तर हामी संसद्को विरोधसहित चुनावमा सहभागी भएका छौँ ।

    रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि पार्टीले वामपन्थीको नाताले नेपाल मजदुर किसान पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो । त्यसको जानकारी सम्बन्धित जिल्ला पार्टी र नेमकिपालाई गराइसकिएको थियो । तर, भूलबस पाँचदलीय गठबन्धनले जनमुक्ति पार्टीको उम्मेदवारलाई साझा उम्मेदवार बनाउन निर्णय गर्ने क्रममा केसीजीको हस्ताक्षर हुन गयो, जसलाई पार्टीले तुरुन्त सच्याइसकेको छ । त्यसबारे हाँकले राष्ट्रिय जनमोर्चासँग कुनै सम्पर्क नराखी वा पार्टीले जारी गरेको वक्तव्यलाई उपेक्षा गरी समाचार सम्प्रेषण गरेको छ । यस्तो गर्नुको पछाडि हाँकको का. केसीका विरुद्ध भ्रम फैलाउने उद्देश्यले काम गरेको छ ।

    निश्चित रूपले विगतमा बागलुङमा काङ्ग्रेस र हाम्राबिच तिक्ततापूर्ण सम्बन्ध रहेको कुरा कसैबाट लुकेको छैन । वर्तमान अवस्थामा पनि काङ्ग्रेस र जनमोर्चा बागलुङ जिल्लाका मुख्य प्रतिस्पर्धी दल हुन् । मुख्य प्रतिस्पर्धी दलहरूका बिच द्वन्द्व, तीक्तता र सङ्घर्ष हुनु स्वाभाविक हो । अझ त्यसमा पनि काङ्ग्रेस वर्गीय रूपले नै हाम्रो दुस्मनशक्ति भएको हुनाले त्यसका विरुद्ध गरिने सङ्घर्ष वर्गसङ्घर्षको अभिन्न अङ्ग भएकाले उनीहरूका विरुद्ध चलाइने सङ्घर्ष पनि न्यायोचित थियो, छ र हुने छ ।

    बागलुङमा काङ्ग्रेसले राष्ट्रिय जनमोर्चाका नेता, कार्यक्रर्ता र समर्थकमाथि हमला गरेको, अङ्गभङ्ग गरेको विभिन्न जाली मुद्दा लगाएर जेल पठाएको कुरा “हाँक” ले उठाएर हाम्रा बिचमा भावनात्मक दुरी बढाउने वा अन्तर्विरोध वा असन्तोषलाई प्रयोग गरेर प्रतिगमन विरोधी आन्दोलन वा गठबन्धनलाई कमजोर पार्ने कुनियतले काम गरेको छ तर “हाँक” ले यो कुरा बिर्सेको छ कि नेका र हाम्राबिचका सबै अन्तर्विरोध कायम छन् । तत्कालको स्थितिमा ती अन्तर्विरोधलाई हामीले सञ्चालन गरेका छैनौँ, केही समयका लागि थन्क्याएका छौँ । अहिले गणतन्त्रवादीका बिच सङ्घर्ष नभएर गणतन्त्रलाई जोगाउन उनीहरूबिच एकताको आवश्यकता छ । गणतन्त्रवादीका बिच एकता नभएर अहिलेको अवस्थामा फुटको कामना प्रतिगमनकारीले गरेका छन् । गणतन्त्रवादीलाई फुटाएर प्रतिगमन लाद्नका लागि देशी तथा विदेशी प्रतिगामी शक्ति लागिरहेका छन् ।

    खास खास बेलामा खास खास मुद्दामा दुस्मनसँग पनि सहकार्य गर्न सकिने माओको संयुक्तमोर्चाको प्रसिद्ध नीतिअन्तर्गत नै पर्दछ । बेग्लाबेग्लै मुलुकमा बेग्लाबेग्लै मुद्दामा वर्गीय रूपमा दुस्मनशक्तिसँग पनि कम्युनिस्टहरूले संयुक्तमोर्चा गरेको उदाहरण पाइन्छ ।

    खास खास बेलामा खास खास मुद्दामा दुस्मनसँग पनि सहकार्य गर्न सकिने माओको संयुक्तमोर्चाको प्रसिद्ध नीतिअन्तर्गत नै पर्दछ । बेग्लाबेग्लै मुलुकमा बेग्लाबेग्लै मुद्दामा वर्गीय रूपमा दुस्मनशक्तिसँग पनि कम्युनिस्टहरूले संयुक्तमोर्चा गरेको उदाहरण पाइन्छ ।

    चीनमा राष्ट्रियताको रक्षाका लागि कम्युनिस्टले कोमिन्ताङ जस्तो घोर प्रतिक्रियावादी, जसले चीनमा लाखौँ कम्युनिस्टको हत्या गरेको थियो, त्यस्तासँग पनि राष्ट्रियताको रक्षाका लागि सहकार्य गरेका थिए । कम्बोडियामा राजा र कम्युनिस्टका बिच अमेरिकी हस्तक्षेप विरुद्ध राष्ट्रियताको पक्षमा सहकार्य भएको थियो । चीनमा राष्ट्रियताका लागि मात्र नभएर गणतन्त्रका लागि पनि कोमिन्ताङ र कम्युनिस्टबिच सहकार्य हुनुका साथै पारस्परिक सहयोगका लागि कम्युनिस्टहरू कोमिन्ताङ पार्टीको केन्द्रीय समितिमा बस्ने चलन थियो । माओसमेत कोमिन्ताङ पार्टीको केन्द्रीय समितिमा दुई दुईपटक निर्वाचित भएको पाइन्छ । फासीवादका विरुद्ध समाजवादी र पुँजीवादी मुलुकहरुकाबीच संयुक्त मोर्चा भएको पाइन्छ ।

    नेपालमा निरङ्कुशताको अन्त र लोकतन्त्रको स्थापनाका लागि काङ्ग्रेस र कम्युनिस्टका बिच सहकार्य भएको पाइन्छ । औपनिवेशिकता विरुद्ध कम्युनिस्ट र गैरकम्युनिस्टका बिच सहकार्य भएको पाइन्छ । अहिलेको अवस्थामा हामीले पाँचदलीय गठबन्धनसँग गरेको सहकार्य गणतन्त्रमाथि देखिएको खतरा विरुद्ध हो तर गणतन्त्र विरोधी तथा वाम सङ्कीर्णतावादी दुईटै शक्तिको उद्देश्य फरक फरक भए पनि प्रतिगमनको खतरालाई नजरअन्दाज गरेर प्रतिगमनको सेवा गरिरहेका छन् । फुटपरस्तहरूले सुरुदेखि नै प्रतिगमनउन्मुख राजनीतिक कार्यदिशा अपनाएका छन् । उनीहरूले अपनाएको प्रतिगमनउन्मुख राजनीतिले उनीहरूलाई कार्यनीतिक रूपले प्रतिगामी शक्तिको नजिक पुर्याइदिएको छ ।

    हाँक” ले का. केसीको विरोध गरेर एमालेको पक्षमा बनाउन खोजेको चुनावी वातावरण निःशुल्क वा सःशुल्क के हो ? त्यो आगामी दिनमा प्रष्ट हुँदै जाने छ ।

    निर्वाचनसम्बन्धी खुल्ला बहस कार्यक्रममा का. केसीको अनुपस्थितिको सवालमा अगाडि सारिएका राजनीतिक विषय तार्किक रूपले कमजोर पर्ने देखिएको हुनाले होला फुटपरस्तहरूद्धारा सञ्चालित “हाँक” ले का. केसीका वैयक्तिक जीवनसँग जोडिएका विषय उठाएर चरित्रहत्याको सहारा लिएका छन् । प्रायशः राजनीतिक आन्दोलनमा पिछडिएको राजनीतिक चेतना भएका व्यक्ति, समूहहरूले सही सिद्धान्त र राजनीतिको मुकाबिला गर्न नसकेपछि आफ्नो अस्तित्व रक्षाका लागि गालीगलौज र चरित्रहत्याको सहारा लिने गरेका प्रशस्तै उदाहरण पाइन्छन् ।

    गालीगलौज र चरित्रहत्याको राजनीतिका लागि फुटपरस्तहरू निकै बद्नाम छन् । फुटपरस्तहरूले सुरुदेखि नै चरित्रहत्या र गालीगलौजको राजनीतिलाई नाङ्गो रूपमा अपनाउँदै आएका छन् । फुटपरस्तहरूले अपनाएको गालीगलौज र चरित्रहत्याको राजनीतिले उनीहरूको असहायपनलाई नै देखाइरहेको छ ।

    अन्तमा, “हाँक” ले का. केसीको विरोध गरेर एमालेको पक्षमा बनाउन खोजेको चुनावी वातावरण निःशुल्क वा सःशुल्क के हो ? त्यो आगामी दिनमा प्रष्ट हुँदै जाने छ ।

    शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.