मनोज भट्ट ##
राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसी अहिलेको निर्वाचनमा बागलुङबाट वाम तथा लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रूपमा चुनावी अभियानलाई तीव्र पारिरहनुभएको छ ।
का. केसी उमेरले ८२ वर्षको पुग्नुभएको छ । का. केसीले नेपालको राजनीतिक आन्दोलनमा आफ्नो युवा अवस्थादेखि लिएर अहिलेसम्म खेलेको र खेलिरहेको भूमिकाका बारेमा सम्पूर्ण नेपालीहरू अवगत नै छन् । त्यस विषयमा यहाँ केही लेखिराख्नु परेन । नेपालको राजनीतिमा निष्ठा, इमानदारिता र स्वच्छ छविको पर्यायवाचीका रूपमा का. केसीको नाम स्वयम् उहाँका विरोधीहरूले पनि लिने गरेका छन् ।
नेपालको निर्वाचनसम्बन्धी कानुनले २५ वर्ष उमेर पुगेकालाई चुनावमा उठ्न योग्य उमेर मान्दछ । २५ वर्षभन्दा मुनिका व्यक्ति चुनाव लड्न उमेरका हिसाबले अयोग्य हुन्छन् तर २५ वर्षभन्दा माथि जुनसुकै उमेर समूहका व्यक्ति चुनाव लड्न उमेरका हिसाबले योग्य मानिन्छन् ।
२०७४ को चुनावपछि गठन भएको संसद्मा सबैलाई का. केसीको अनुपस्थिति खट्केको कुरा पनि सबैलाई जगजाहेर छ । बागलुङमा अहिले सञ्चालित चुनावी अभियानमा राष्ट्रिय जनमोर्चाका विरोधीहरूले का. केसी वा पार्टीको आलोचना गर्ने कुनै विषय वा मुद्दा नपाएको हुनाले का. केसी उमेरको विषयलाई बढी उछालेको पाइन्छ । ८२ वर्षको वृद्धावस्थामा चुनाव लड्न आएको कुरा उठाइरहेका छन् । उमेरको कुरा उठाएर त्यसलाई चुनावी रङ दिनु गैरराजनीतिक र पिछडिएको चेतनाको परिणाम हो ।
नेपालको निर्वाचनसम्बन्धी कानुनले २५ वर्ष उमेर पुगेकालाई चुनावमा उठ्न योग्य उमेर मान्दछ । २५ वर्षभन्दा मुनिका व्यक्ति चुनाव लड्न उमेरका हिसाबले अयोग्य हुन्छन् तर २५ वर्षभन्दा माथि जुनसुकै उमेर समूहका व्यक्ति चुनाव लड्न उमेरका हिसाबले योग्य मानिन्छन् । यो निर्वाचनमा ९९ वर्ष पुगेको एक जना व्यक्ति गोरखा जिल्लाबाट उम्मेदवारको रूपमा खडा भएबाट पनि प्रष्ट हुन्छ कि २५ वर्षभन्दा माथिका जुनसुकै उमेर समूहका व्यक्ति पनि नेपालको प्रतिनिध सभा र प्रदेशसभाको उम्मेदवार हुनका लागि योग्य मानिन्छ । यदि कानुनले का. केसीको उमेरलाई अयोग्यताको वर्गीकरणभित्र राखेको भए कानुनले नै अयोग्य मानिएको व्यक्तिलाई पार्टीले चुनावमा उम्मेदवार बनाएमा त्यसलाई आलोचना वा विरोधको विषय बनाउन मिल्दथ्यो । का. केसीको उमेरयोग्य उमेर समूहभित्र नै पर्ने भएकाले उमेरको कुरालाई अनावश्यक उछालेर बहस गर्नुको कुनै औचित्य र तुक छैन ।
यदि बागलुङको निर्वाचनमा एमाले पक्षबाट जान वा अन्जानमा का. केसीको उमेरको विषयलाई उछालिएको हो भने एमाले नै अप्रासङ्गिक बनाइसकेको कुरालाई उठाउनुको कुनै अर्थ छैन ।
विगत केही वर्षदेखि नेपालको राजनीतिक आन्दोलनमा वृद्ध नेताहरूलाई अवकाश दिएर त्यसको ठाउँमा युवाहरूलाई लैजानुपर्दछ भन्ने विचारको सानोतिनो बाढी नै आएको छ । बुढा नेताहरूलाई राजनीतिबाट अवकाश दिनुपर्छ भन्ने विचारका पछाडि जुनसुकै कारणले काम गरेको भए पनि त्यो विचारबाट अग्रगमनको आन्दोलनलाई नभएर प्रतिगमनलाई नै मदत पुगिराखेको छ । वृद्ध नेताहरूलाई अवकाश दिनुपर्छ भनेर आएको सानोतिनो बाढीले राजनीतिक पार्टीहरूमा जबर्जस्त प्रभाव पारेको छ । त्यही प्रभावको परिणाम नेकपा (एमाले) ले आफ्नो पार्टीको नवौँ महाधिवेशनद्वारा पारित विधानमा ७० वर्षको उमेर हद नै तोकेका थिए । ७० वर्ष कटेका नेतालाई अवकाश दिनुपर्ने वैधानिक व्यवस्था गरेको थियो । यद्यपि पछि माओवादीसँग पार्टी एकीकरण गर्दा नवगठित नेकपा (नेकपा) को विधानमा उक्त व्यवस्था हटाइयो । यदि बागलुङको निर्वाचनमा एमाले पक्षबाट जान वा अन्जानमा का. केसीको उमेरको विषयलाई उछालिएको हो भने एमाले नै अप्रासङ्गिक बनाइसकेको कुरालाई उठाउनुको कुनै अर्थ छैन ।
नयाँको खोजीको नाममा यो विचार वा बहसले प्रतिगमनलाई नै मदत पु¥याइरहेको छ । यद्यपि यस प्रकारका अनावश्यक बहस बेलाबखत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक आन्दोलनमा देखा पर्ने गर्दछन् । त्यस प्रकारका बहसले केही जनमत पनि सृजना गरेको हुन्छ तर त्यस प्रकारको जनमतले कुनै सकारात्मक योगदान दिँदैन । त्यसका केही उदाहरण हेरौँ ।
पाकिस्तानका संस्थापक मोहमद अली जिन्नाले भारत र पाकिस्तान विभाजन नहुँदै अर्थात् भारत अखण्ड रहेको अवस्थामा आफूलाई मन परेकी सिन्धी जातिकी केटीसित विवाह गरे । यो उनीहरूको प्रेमविवाह थियो । त्यो प्रे विवाहका विषयलाई राजनीतिक मुद्दा बनाएर १५ दिन मुस्लिमहरूले र त्यसपछि १५ दिन सिन्धीहरूले भारतमा आमहड्ताल आयोजना गरेका थिए । आमहड्ताल जस्तो उच्च स्तरको कार्यक्रम केका लागि ? दुईटा भिन्न भिन्न जातिका उमेर पुगेका एकार्कालाई मन पराएका वरवधुको प्रेमविवाहको विषयलाई लिएर धेरै ठुलो हङ्गामा मच्चाइयो । भारतव्यापी रूपमा भएको एकमहिने आमहड्तालले त्यहाँका राजनीतिक पार्टीहरूको चेतनास्तर कति पिछडिएको थियो भन्ने कुरालाई दर्साउँछ ।
आज जुन बहस छेडिएको छ, त्यो बहस छेड्नेहरू स्वयम् युवाहरू होइनन् । ४० वर्ष कटेका र नेतृत्वमा जाने महत्त्वाकाङ्क्षा राखेका पात्रले नै त्यस प्रकारको बहस अगाडि बढाएका छन् ।
पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टो प्रधानमन्त्रीमा बहाल रहेको अवस्थामा गर्भवती भइन् । गर्भवती हुन पाउनु कुनै पनि महिलाको नैसर्गिक अधिकार हो तर यो विषयलाई राजनीतिक मुद्दा बनाएर पाकिस्तानमा महिनौँदिनसम्म बेनजिर भुट्टोको राजीनामा माग गर्दै आमहड्ताल र सङ्घर्ष भए । विपक्षीले प्रधानमन्त्री पदमा बसेको महिलाले सुत्केरी हुन पाउँदैनन् भनी ठुलो हङ्गामा मच्चाए । प्रधानमन्त्री पदमा महिला निर्वाचित भएको खण्डमा पनि ती महिलाका नैसर्गिक अधिकार सुरक्षित नै हुन्छन् तैपनि पाकिस्तानमा महिला प्रधानमन्त्रीको कुर्सीमा आसिन भएको बखत गर्भधारण गरी सुत्केरी हुँदा उनी प्रशासकको रूपमा नभएर आमाको रूपमा परिणत हुने भएको हुँदा त्यो अधिकार प्रधानमन्त्रीलाई हुनुहुँदैन भनेर अनावश्यक बखेडा खडा गरियो । ठिक त्यसै प्रकारको बहस अहिले नेपालको राजनीतिक आन्दोलनमा हामी देख्न पाउँछौँ ।
निश्चित रूपले उमेरको हिसाबले युवाहरू वृद्धभन्दा बढी उत्साह र जोसका साथ काममा खट्न सक्दछन् तर के खटाइ मात्रै राजनीतिका लागि पर्याप्त हुन्छ त ? त्यसो हुन सक्दैन । राजनीति विचार, सिद्धान्त, दर्शन र निष्ठाको आधारमा गरिने क्रियाकलाप हो । त्यो गुण जुनसुकै उमेर समूहका व्यक्तिमा पनि हुन सक्दछ । हामीले देख्दछौँ, कार्ल माक्र्स मृत्यु हुन्जेलसम्म अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई भौतिक तथा वैचारिक रूपमा नेतृत्व गरिरहेका थिए । ठिक त्यसै प्रकारले एङ्गेल्सको भूमिका पनि हामीले त्यही प्रकारको पाउँदछौं । माओ ७६ वर्षको उमेर पुग्दा पनि चिनियाँ राष्ट्रको राष्ट्रपति र पार्टी प्रमुखको हैसियतले अत्यन्त उत्साहका साथ काम गरेको पाइन्छ । समाजवाद विरोधी तत्त्वहरूले लेनिनलाई गोली हानेका कारण गोलीका केही छर्रा टाउकोमा नै रहन गयो । त्यसकारण लेनिनको ५९ वर्षको उमेरमा मृत्यु भयो । रुसमा समाजवाद स्थापना भएको चार वर्षपछि उहाँको मृत्यु भएको पाइन्छ । उहाँले अल्पआयुमा नै ज्यान गुमाउनुपर्यो । विश्वका क्रान्तिकारी आन्दोलनमा लागेका अन्य नेताहरूले वृद्धा अवस्थासम्म नै उत्साह, उमङ्गका साथ पार्टीको वैचारिक नेतृत्व गरेको पाइन्छ ।
८० वर्ष पुगेका गिरिजाप्रसाद कोइरालाले राजतन्त्रको अन्त र गणतन्त्रको स्थापनाको लडाइँमा नेतृत्वदायी भूमिका खेले तर काङ्ग्रेसभित्रका थुप्रै युवा गणतन्त्र आइसकेपछि र हिजोको बहुदल कालमा सरकारमा पुगेका बेला कैयौँ भ्रष्टाचारका काण्डमा मुछिएका पाइन्छन् ।
अहिले पनि हामीले विश्व राजनीतिमा देख्दछौँ । लोकतान्त्रिक भनिएका मुलुकमा पनि युवाको तुलनामा वृद्धले नै सरकार र पार्टीको नेतृत्व सफलतापूर्वक सम्हालेको पाइन्छ । यद्यपि यो आम नियम हो भनेर मैले भन्दिनँ । भारतको उदाहरण हाम्रो अगाडि छ । भारतीय काङ्ग्रेस पार्टीलाई सञ्जय गान्धी जस्ता युवाले नेतृत्व गरेका थिए । उनको नेतृत्वकालमा काङ्ग्रेस फस्टाउन सकेन । हालै भएको महाधिवेशनले ८० वर्षीय वृद्ध व्यक्तिलाई पार्टी अध्यक्ष बनाउनुपरेको छ । पार्टी नेतृत्वमा युवा वा वृद्धमध्ये जो पनि आउन सक्दछ तर त्यो प्रश्न सोझै क्षमता, त्याग, विचारसँग पार्टीको वा राष्ट्रको विश्वाससँग जोडिएको हुन्छ ।
आज जुन बहस छेडिएको छ, त्यो बहस छेड्नेहरू स्वयम् युवाहरू होइनन् । ४० वर्ष कटेका र नेतृत्वमा जाने महत्त्वाकाङ्क्षा राखेका पात्रले नै त्यस प्रकारको बहस अगाडि बढाएका छन् । नेपालको राष्ट्रिय युवा नीतिअनुुसार १५ देखि ४० वर्षसम्मकालाई युवा मान्ने नियम छ तर जसले यो बहस छेडिराखेका छन्, तिनीहरू युवाअवस्था कटिसकेका र बारम्बार पार्टी र सरकारका विभिन्न नेतृत्वदायी भूमिकामा रहेका व्यक्ति हुन् र एकचोटि हामीले त्यसरी नेतृत्वमा पुगेका युवाले कति काम गर्न सके ? त्यसको मूल्याङ्कन गर्ने हो भने सन्तोषजनक अवस्था देखिन्न । यद्यपि युवाका विरुद्ध वृद्धलाई वा वृद्धका विरुद्ध युवालाई खडा गरिनुहुँदैन ।
८० वर्ष पुगेका गिरिजाप्रसाद कोइरालाले राजतन्त्रको अन्त र गणतन्त्रको स्थापनाको लडाइँमा नेतृत्वदायी भूमिका खेले तर काङ्ग्रेसभित्रका थुप्रै युवा गणतन्त्र आइसकेपछि र हिजोको बहुदल कालमा सरकारमा पुगेका बेला कैयौँ भ्रष्टाचारका काण्डमा मुछिएका पाइन्छन् । उनीहरूले बिचौलियाको भूमिका खेलेर धनआर्जन गरी नवधनाड्य वर्ग बन्न पुगेका छन् । पुराना नेताको तुलनामा नयाँले सामान्य काम पनि गर्न नसकेको पाइन्छ । एमालेका रविन्द्र अधिकारी युवा पनि सरकारमा पहिलोपटक गएका व्यक्ति हुन् तर उनी वाइडबडी खरिद प्रकरणमा ठुलो भ्रष्टाचार काण्डमा मुछिए । घनश्याम भुसाल नयाँ अनुहार हुन् तर कृषिमन्त्री भएका बेला कृषकहरूले कृषि मलको धेरै ठुलो अभाव झेल्नुप¥यो । घनश्यामले कृषिमलको व्यवस्था गर्न असफल भए । यस्ता कैयौँ दृष्टान्त हामीले नयाँको हकमा पाउँछौँ ।
राजनीति उमेरको आधारमा हुन्न, विचार, दर्शन र सिद्धान्तको आधारमा हुन्छ । विचार, दर्शन र सिद्धान्त क्रान्तिकारी छ भने नेतृत्व वृद्ध भए पनि त्यसले ठिक ठाउँमा देशलाई लिएर जान्छ तर विचार, दर्शन, सिद्धान्त र राजनीति जनपक्षीय वा क्रान्तिकारी छैन भने नयाँ पुस्ता वा युवा नेतृत्वमा आए पनि त्यसले देशको राजनीतिलाई गलत ठाउँमा पुर्याउने छ, जुन व्यवहारमा देखिइरहेको छ ।
रविन्द्र मिश्रले पुराना नेताहरूले काम गर्न नसकेको भनेर नै वैकल्पिक नयाँ राजनीतिक शक्ति तयार पार्ने भनी राजनीतिमा प्रवेश गरे तर थोरै समयको अन्तरालमा उनी राप्रपा जस्तो कट्टर राजावादी पार्टीमा विलय भएर प्रतिगमनको बाटो अपनाए । त्यसको तुलनामा अहिले विभिन्न वाम तथा लोकतान्त्रिक पार्टीमा भएका पुराना नेताहरूले देशमा लोकतन्त्रको बहालीका लागि दशकौँसम्म जेलजीवन बिताए । निर्वासनमा लामो समय बिताए । विभिन्न दुःखकष्ट उठाएको पाइन्छ र अहिले पनि देशमा प्रतिगमनले टाउको उठाउँदा त्यसका विरुद्ध सङ्घर्षमा उत्रेको पनि पाइन्छ तर अहिले जति पनि पुरानाले काम गर्न सकेनन् नयाँ वा युवाहरूले काम गर्छन् भनी अगाडि सरेका सङ्गठनको पनि कुनै निश्चित राजनीतिक उदेश्य, सिद्धान्त, दर्शन भएको पाइदैन । त्यसको परिणाम यी सङ्गठन पनि अन्ततः प्रतिगमनलाई नै मजबुत गर्ने कुरामा कुनै दुविधा छैन । त्यसैले राजनीति उमेरको आधारमा हुन्न, विचार, दर्शन र सिद्धान्तको आधारमा हुन्छ । विचार, दर्शन र सिद्धान्त क्रान्तिकारी छ भने नेतृत्व वृद्ध भए पनि त्यसले ठिक ठाउँमा देशलाई लिएर जान्छ तर विचार, दर्शन, सिद्धान्त र राजनीति जनपक्षीय वा क्रान्तिकारी छैन भने नयाँ पुस्ता वा युवा नेतृत्वमा आए पनि त्यसले देशको राजनीतिलाई गलत ठाउँमा पुर्याउने छ, जुन व्यवहारमा देखिइरहेको छ ।

