दाङ । राष्ट्रिय जनमोर्चा दाङले अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रचारसँगै संगठन निर्माणलाई तीब्रता दिएको छ ।
राजमोले दाङको घोराही उपमहानगरपालिकामा प्रचार प्रसार सहित गठन निर्माणको कामलाई तीब्रता दिएको छ । मंगलबार घोराही उपमहानगरपालिकाको वडा नम्बर ३ मा जनभेटघाट, प्रचार–प्रसार तथा संगठन निर्माणको काम गरेको हो ।
राजमोका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष र प्रदेश सभा समानुपातिक उम्मेदवार गणेश आचार्यको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
कालुराम नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा समानुपातिक दलित उम्मेदवार बलदेव विक,अखिल नेपाल महिला संघ नगर अध्यक्ष हिरा खनाल लगायतले मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा पोषण नेपालीको अध्यक्षतामा १७ सदस्यीय ३ नम्बर वडा समिति गठन भएको छ।
समितिको उपाध्यक्ष हिरा खनाल, सचिव सुस्मिता नेपाली, सह सचिव सुमित्रा श्रेष्ठ र कोषाध्यक्षमा कालुराम नेपाली रहनुभएको छ ।
सदस्यहरुमा भिमा नेपाली, सीता नेपाली, निमा नेपाली, दिपक नेपाली, लाली नेपाली, रेखा नेपाली, रुक्मान खनाल, सुमित्रा नेपाली, प्रेमकला नेपाली, संगीता नेपाली, सरस्वती नेपाली र खिमा नेपाली हुनुहुन्छ ।
यसैगरी वडा नम्बर २ को भैसवा टोलमा टोल समिति गठन भएको छ । जसको अध्यक्षमा विमल नेपाली, उपाध्यक्ष सन्जु नेपाली, सचिव सिला नेपाली र कोषाध्यक्षमा मोहन नेपाली चयन हुनुभएको छ ।
सदस्यहरुमा तेज बहादुर नेपाली, पुरण नेपाली, मनिषा नेपाली, बिनोद नेपाली रहनु भएको छ ।