बुटवल । रक्तिम सांस्कृतिक अभियानले २०७९ सालको प्रगतिशील देउसीभैलो कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
Advertisement
महासचिव जीवन शाहीको हस्तक्षरमा २०७९ कात्तिक १५ गते प्रेसवक्तव्य जारी गर्दै रक्तिमले धन्यवाद ज्ञापन गरेको हो ।
रक्तिम केन्द्रको आयोजनामा कात्तिक ८ देखि १४ गतेसम्म रुपन्देहीको बुटवलवरिपरि देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको थियो ।
वक्तव्यमामार्फत रक्तिमले सो क्रममा रुपन्देहीका बुटवल, सैनामैना, कञ्चन र भैरहवाका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न गरिएको जनाएको छ ।
प्रगतिशील देउसीभैलोमा प्रगतिशील लोकनृत्यका साथै क्रान्तिकारी जोस र भावनाले भरिएका अपेरा नृत्य प्रस्तुत गरिएको बताइएको छ ।
