खिमराज चालीसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना अन्तर्गत फोकलप्वाइन्टमा महिला नगर विभागको पुनर्गठन भएको छ ।
Advertisement
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्द प्रमुख आतिथि हुनुहुन्थ्यो ।
भेलाले मिना दर्लामीको संयोजकत्वमा ११ सदस्यीय महिला नगर विभाग पुनर्गठन गरेको छ । जस्मा बसन्ती थापा, यमकला, अस्तिता, लाली सुनार, गिता कुँवर, कमला परियार, गिता जिसी, शर्मिला थापा, सुनिता देवी सदस्य रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ।
भेलामा मूल प्रवाहका केन्द्रीय सल्लाहकार राज कुमार शाही, केन्द्रीय पारिषद सदस्य राज कुमार अधिकारी, उदैसिंह चन्दको पनि आतिथ्यता रहेको थियो ।
धन प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन अर्जुन कार्कीले गर्नुभएको थियो ।