जनक बिसी, कोचिन (भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिनको आयोजनामा २०७९ को प्रगतिशील देउसीभैलो सम्पन्न भएको छ ।
Advertisement
वरिष्ठ नेता रिखेन्द्र बिसीले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । अन्य वक्ताहरूमा केन्द्रीय पार्षद जानकी बिसी, जनजाति क्षेत्रीय सदस्य आशाराम घर्तीमगर र नगर सदस्य गोविन्द रिजाल बोल्नुभएको थियो ।
जुगराज राहुमगरको अध्यक्षता तथा जनक बिसीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य गणेश शर्मा पौडेल र रक्तिम परिवार गर्नुभएको थियो ।