उद्धव मगर, दोहा (कतार) ।
कतार नेपाली एकता समाजको आयोजनामा २०७९ सालको प्रगतिशील देउसीभैलो तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पुनमगरको प्रमुख आतिथ्यमा अक्टोबर २८, २०२२ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा एकता समाजका प्रथम उपाध्यक्ष अमिना खान, केन्द्रीय सचिव रामप्रसाद पराजुली, केन्द्रीय सदस्यहरू टुकबहादुर थापा, हुमाकान्त आचार्य, खगेश्वर भुसाल, कमल आचार्य, जानुका बस्नेत, युगदर्शनका पत्रकार उद्धव मगर र दिलबहादुर विकको आतिथ्य रहेको थियो ।
त्यस्तै, कार्यक्रममा प्रवासी नेपाली मञ्चका सचिव विनेस तामाङ, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष बुद्धिप्रसाद भण्डारी, नेपाली प्रगतिशील मोर्चाका अध्यक्ष रविन पुन, नेपाली समाज कतारका वरिष्ठ उपाध्यक्ष प्रकाश आलेमगर, गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष प्रेम चलाउने, अन्तर्राष्ट्रिय समाज कतार रामजी सुवेदी, पत्रकार महासङ्घ कतारका उपाध्यक्ष दिलकुमार श्रेष्ठ, सन्ध्या ग्रुप अलखोर कतारका सदस्य कल्पना तिवारी, गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष सागर पौडेल, नेपाली जनसमपर्क समितिका उपसभापति ठाकुरकुमार परियार, प्रवासी एकता मञ्चका अध्यक्ष रामहरि गैरेको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन खिम बुढामगरले अध्यक्षता केन्द्रीय अध्यक्ष विष्णु थापाल गर्नुभएको थियो ।
रक्तिम सांस्कृतिक अभियानले जनवादी गीतसङ्गीत तथा नृत्यसहितको बेजोड प्रस्तुति राखेको थियो ।
