दार्चुला । दार्चुलामा भारतीय पक्षले सडक निर्माणका लागि विस्फोट गर्दा ढुंगा लागेर नेपाली बालकको मृत्यु भएको छ ।
दार्चुलाको व्याँस गाउँपालिका-२ तम्पाकुका १२ वर्षीय पवन महराको ज्यान गएको हो ।
Advertisement
महाकालीपारी पिथौरागढ जिल्लाको धार्चुला तहसिलमा सडक कटानका क्रममा चट्टान फुटाउन बिस्फोट गर्दा उछिट्टिको ढुंगा लागेर बालकको ज्यान गएको बारे मृतकका परिवारले जानकारी दिएका छन् ।
सडक निर्माणका क्रममा बिस्फोट गर्दा सीमासँग जोडिएको नेपाली पक्षलाई जानकारी दिनुपर्ने भएपनि भारतीय निर्माण पक्षले जानकारी नदिएको स्थानीयले बताएका छन् । भारतले गम्भीर त्रुटि गरेकोले कुटनीतिक माध्यमबाट सरकारले क्षतिपूर्ति र फेरि यस्तो हुन नदिन पहल गर्नुपर्ने स्थानीयको माग छ ।
महाकाली पारि पिथौरागढ जिल्ला धार्चुला तहसिलमा गर्ग एन्ड गर्ग कम्पनीले सडक निर्माण गरिरहेको छ ।