• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

झुट सामग्री हटाउने आयोगको निर्देशन विवादमा, रिजाल र रावलद्वारा विरोध


  •   बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित
  • काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने चुनावको सन्दर्भमा भ्रामक सामग्री प्रकाशन गर्ने सामाजिक सञ्जालका पृष्ठ/समूहलाई हटाउन भनी दिएको निर्देशनमा विवाद देखा परेको छ ।

    Advertisement

    यस सम्बन्धमा नेकपा (एमाले) का नेता भीम रावल र नेपाली काङ्ग्रेसका नेता मिनेन्द्र रिजाल विरोधमा देखिएका छन् । रावल र रिजालले २०७९ कात्तिक ९ गते तदनुसार अक्टोबर २६, २०२२ बुधबारका दिन ट्विटरमा बेग्लाबेग्लै सामग्री राख्दै विरोध गरेका हुन् ।

    रावलको तर्क
    बुधबार बिहान ९ः४२ मा रावलले ट्विट् गर्दै निर्वाचन आयोगको कात्तिक ८ गतेको निर्देशनप्रति ब्यङ्ग्य गरेका छन् । उनले भनेका छन्– “कसैलाई मतदान गरौँ वा नगरौँ भन्न नपाइने भए निर्वाचन आयोगले शीर्ष ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला ? यद्यपि आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरुद्ध छ ।”

    कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला? यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ।

    — Bhim Rawal, PhD (@BhimRawal179) October 26, 2022

    रिजालको तर्क
    यता, काङ्ग्रेस नेता रिजालले पनि “नो नट अगेन” जस्ता अभिव्यक्ति लोकतान्त्रिक मूल्यमान्यतासङ्गत नभएको दाबी गरेका छन् । उनले निर्वाचन आयोगलाई आफ्नो निर्देशनबारे पुनर्विचार गर्न आग्रहसमेत गरेका छन् ।

    बुधबार दिउसो १२ः७ बजे ट्विटमा उनले लेखेका छन्– “म नेपाली काङ्ग्रेसको क्रियाशील सदस्य हो । मेरो मत रुख छापमा नै हो तर ‘नो नट अगेन’ भन्ने विचार लोकतान्त्रिक मूल्य र मान्यतासङ्गत छ। यसबारे निर्वाचन आयोगले दिएको निर्देशन युक्तिसङ्गत छैन, पुनर्विचार होस् ।”

    म नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्य हो, मेरो मत रूख छापमा नै हो। तर, ‘नो-नट-अगेन’ भन्ने विचार लोकतान्त्रिक मुल्य र मान्यतासंगत छ। यस बारे निर्वाचन आयोगले दिएको निर्देशन युक्तिसंगत छैन, पुनर्विचार होस्।

    — Minendra Rijal (@MinendraRijal) October 26, 2022

    निर्वाचन आयोग के भन्छ ?
    यसअघि कात्तिक ८ गते निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रेसविज्ञप्ति जारी गर्दै “नो नट अगेन” जस्ता सामाजिक सञ्चालका सामग्रीलाई भ्रामक र द्वेषपूर्ण किटान गरेका थिए ।

    विज्ञप्तिमा दलका नेताहरूको विरुद्धमा प्रचार गर्ने कार्य बिद्युतीय (इलेक्ट्रोनिक) कारेबार ऐन–२०६३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन–२०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचार संहिता–२०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको बताइएको थियो ।

    आयोगले यस्तो कसुर गर्ने व्यक्तिलाई एक लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने स्मरण गराएको थियो ।

    कस्ता थिए ती सामग्री ?
    सामाजिक सञ्जाल केही दिनयता यस्ता सामग्री प्रकाशन हुन थालेका छन् । “#NoNotAgain” नामको एउटा सामग्रीमा राजनीतिक दलका विरुद्ध यस्तै सामग्री प्रकाशित भएको देखिन्छ ।

    “अबको निर्वाचनबाट ससम्मान बिदा गरौँ” त्यसमा अगाडि भनिएको छ– “थाहा पाउनुभयो नि ?” मङ्सिर ४ गते कुहिने र नहुहिने फोहोर छुट्याउने दिन ।”

    त्यस्तै, सामाजिक सञ्जालकै “No Not Again” पृष्ठमा पनि त्यस्तै सामग्री भएको पाइ्रन्छ ।

    “जे जति गर्यौ, धन्यवाद” त्यसमा अगाडि भनिएको छ– “अब पालो अरू कसैको, ससम्मान बिदाबारी निर्वाचन २०७९ ।”

     

    एवम् प्रकारले “No Not Again” शीर्षककै अर्को सामग्रीमा भनिएको छ– “अहँ, फेरि हुँदैन ।”

    सबै सामग्रीमा केपी शर्मा ओली, शेरबहादुर देउबा, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, झलनाथ खनाल, माधव नेपाललगायतको फोटो सामेल गरिएका छन् ।

    के छ ऐन, नियमावली र आचार संहितामा ?
    निर्वाचन आयोगले यस्ता सामग्री ऐन, नियमावली र आचार संहिताप्रतिकूल भएको बताएको छ । के छ त ऐन, नियमावली र आचार संहितामा ?

    बिद्युतीय (इलेक्ट्रोनिक) कारेबार ऐन–२०६३ को दफा ४७ मा भनिएको छ–

    “बिद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्ने ः (१) कम्प्युटर, इन्टरनेटलगायतका बिद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन वा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने छ ।

    (२) कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसुर पटक पटक गरेमा त्यस्तो कसुरबापत अघिल्लोपटक भएको सजायको डेढी सजाय हुने छ ।”

    निर्वाचन (कसुर तथा सजाय) ऐन–२०७३ को दफा २३ को उपदफा (१) मा भनिएको छ–

    “चरित्र हनन् गर्न नहुने : (१) उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचनको नतिजामा प्रभाव पार्नका लागि कुनै उम्मेदवार वा निजको परिवारको सदस्यको कुनै पनि किसिमले चरित्र हनन् गर्न वा गराउन हुँदैन ।”

    निर्वाचन आचार संहिता–२०७९ को दफा ४ को खण्ड (ञ) मा भनिएको छ– “सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने ।”

    (ट) मा भनिएको छ– “निर्वाचनप्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने ।”

    (ठ) मा भनिएको छ– “सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नहुने ।”

    त्यस्तै (ड) मा भनिएको छ– “कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा सेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा गराउन नहुने ।”

    त्यस्तै नेपालको संविधानको धारा १७ मा “स्वतन्त्रताको हक” र धारा १९ मा “सञ्चारको हक” को व्यवस्था गरिएको छ ।

    बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.