सप्तरी । सप्तरीको महादेव गाउँपालिकामा कार्यरत एक जना वडाअध्यक्षले बच्चाको जन्मदर्ता गर्न २ लाख रुपैयाँ घुस मागेका छन् ।
Advertisement
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार महादेवा गाउँपालिका–६ का वडासचिव नायव सुब्बा नवोनाथ मिश्रले जन्मदर्ताको प्रमाणपत्र बनाउन पुगेका सेवाग्राहीसँग दुई लाख घुस मागेका हुन् । आयोगले आरोपी मिश्रलाई पक्राउ गरेको छ ।
वडासचिव मिश्रले आफ्नो जिम्मेवारी र पदीय दायित्व विपरीत सेवाग्राहीको जन्म दर्ता गराई दिनको लागि घुस लिएको पुष्टि भएकाले बिगोबमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

