काठमाडौं । सन्तोष साहुखलले ‘ए डिभिजन लिग’मा एक सय गोलको कीर्तिमान बनाएका छन् । बुधबार दशरथ रंगशालामा नेपाल पुलिसक्लब विरुद्ध १८ औं मिनेटमा गोल गर्दै साहुखलले घरेलु लिगमा सय गोल बनाउने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।
साहुलले एक सय गोलको कीर्तिमान मात्रै बनाएनन बुबारको बेलमा आफ्नो टीम च्यासल युथ क्लबलाई हारबाट समेत जोगाए । उनले पुलिसविरुद्धको खेलमा २ गोल गर्दै आफ्नो नाममा १०१ गोलको कीर्तिमानी आंँकडा पार गरेका छन् ।
१७ वर्षअगाडी थ्रिस्टार क्लबबाट व्यवसायीक खेल सुरु गरेका साहुखलले डेब्यू खेलमै संकटाविरुद्ध गोल गर्दै थ्रीस्टारलाई जित दिलाएका थिए । उनले वि.स. २०६० मा थ्रिस्टारबाट ६ गतेल गरेका थिए ।
२०६१ मा एपीएफ र २०६२ मा पुनः थ्रिस्टारबाटै ६ गोल गरेका थिए । त्यसैगरी २०६३ को सिजनमा थ्रिस्टार टीमबाट ११ गोल गरेका साहुखलले २०६६/०६७ मा सोही टीमबाट १९ गोल गरे । २०६८ मा मनाङ १६ गोल, ०६९ र ०७० मा थ्रीस्टारबाट क्रमशः १७ र ९ गोल, २०७५ मा च्यासलबाट ३ गोल गरेका साहुखलले जारी सिजनमा च्यासलबाटै अहिलेसम्म ४ गोल गरिसकेका छन् ।
च्यासल र पुलिसको बराबरी
शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बुधबारको दोस्रो खेलमा नेपाल पुलिस क्लव र च्यासल युथ क्लबले बराबरी गर्दै अंक बाँडेका छन् । काठमाडौको दशरथ रगंशालामा आज भएको खेलमा दुवै टोलीले २–२ को बराबरी गर्दै अंक बाँडे ।
बराबरीसँगै च्यासल ५ अंकमा नवौ स्थानमा छ । पुलिस भने ८ अंकमा छैटौ स्थानमा छ । खेलको पहिलो हाफमा पुलिसले २–१ गोलले अग्रता बनाएपनि दोस्रो हाफमा च्यासलले गोल थप्दै खेल बराबरीमा टुङग्यायो । खेलको ५ औं मिनेटमा विपक्षी रक्षकहरु अलर्ट नभएको अवस्थामा पेनाल्टी बक्समा प्राप्त बलमा नीरकुमार राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर, १८ औं मिनेटमा कप्तान सन्तोष शाहुखलले गोल गर्दै च्यासललाई बराबरीमा ल्याए । १०० गोल पुरा गरेका सन्तोष खेलको म्यान अफ दि म्याच भए ।
तर पहिलो हाफको ४० औं मिनेटमा पुलिसले सुमन लामाको गोलबाट पुनः अग्रता लियो। दोस्रो हाफमा सन्तोषले ह्याट्रिक पुरा गर्ने केहि अवसर पाए पनि सफल हुन सकेनन् । दोस्रो हाफको चौथो मिनेटमा गोल गर्दै सन्तोषले खेललाई पुनः २–२ को बराबरीमा ल्याए र खेल अन्त्य भयो ।