• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

देशमा सुशासन दिन पाँचदलीय गठबन्धन : पौडेल


  •   सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित
  • काठमाडौँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिनका लागि गठबन्धन बनाएको दाबी गर्नुभएको छ

    Advertisement

    कात्तिक ७ गते सोमवार काठमाडौँमा आयोजित प्रतिगमन विरोधी गठबन्धनको बागमती प्रदेश स्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले देशलाई सुशासन दिनका लागि गठबन्धन गरिएको बताउनुभएको हो ।

    उहाँले गठबन्धनको एजेन्डा सुशासन भएको उल्लेख गर्नुभयो । देशलाई आज सुशासन चाहिएको भन्दै उहाँले आफूहरू सुशासनको पक्षमा उभिएको बताउनु भयो ।

    देशमा सुशासन दिने नैतिक शक्ति भएका मानिस गठबन्धनमा आबद्ध भएको उहाँको भनाइ थियो ।

    वरिष्ठ नेता पौडेलले गठबन्धनको एजेन्डा लोकतन्त्र र दिगो शान्ति भएको पनि स्पष्ट पार्नुभयो ।

    उहाँले भन्नुभयो– ‘चुनावी तालमेल मात्रै मैले यसलाई भन्दिनँ । यो गठबन्धन सत्ताका लागि मात्र म भन्दिनँ । यो गठबन्धन राष्ट्रको भविष्य बचाउनका लागि, सङ्घर्ष गरेर ल्याएको जनताको अधिकार बचाउनको लागि, यो मुलुकमा आएको परिवर्तनको रक्षा गर्नका लागि परिवर्तन पक्षधरको हाम्रो यो अभियान हो ।’

    पाँचदलीय गठबन्धनको केन्द्रीय निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहनुभएका वरिष्ठ नेता पौडेलले निर्वाचनका लागि देशमा दुईओटा गठबन्धन भनेको बताउनुभयो । उहाँले बाख्रा बाख्रासित र भेडा भेडासित भने झैँ जनताको पक्ष चाहनेहरू एकातिर र प्रतिगमन चाहनेहरू अर्कोतिर भएको टिप्पणी गर्नुभयो ।

    ‘भन्छन् नि, बाख्रा बाख्रासित, भेडा भेडासित । राजा चाहने, प्रतिगमन चाहने, हिजोको व्यवस्था फर्काउन चाहने एकातिर । जनताको पक्ष चाहने, जनतालाई अधिकार दिलाउन चाहने, दलितलाई, पीडितलाई, शोषितलाई, उत्पीडितलाई सम्पूर्ण जनतालाई, आज महिला, पीछडिएको वर्गलाई अधिकार दिलाउन चाहाने जनताको र यो मुलुकको प्रगति चाहने, राष्ट्रियता र प्रजातन्त्र चाहने एकातिर’ उहाँले भन्नुभयो– ‘यो गठबन्धन दुईतिर छ प्रष्टैसँग ।֦

    पौडेलले गठबन्धनका साझा उम्मेदवारलाई जिताउनका लागि एक स्वरमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । देशलाई सङ्कटतर्फ धकेल्न राष्ट्रवादको मुकु्रन्डोमा छद्मभेषी राजनीति भइरहेको भन्दै उहाँले देशलाई जोगाउनका लागि आपसी सहकार्य गर्नुपर्ने बताउनुभयो ।
    उहाँले विस्तृत शान्ति सम्झौता गरेदेखि नै शान्ति, लोकतन्त्र र गणतन्त्रको पक्षमा आफूहरू एकजुट भएको र एउटै विचार लिएर अगाडि बढेको बताउनुभयो ।

    सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.