काठमाडौं । रक्तिम सांस्कृतिक अभियानले हरेक वर्षको तिहारमा जस्तै प्रगतिशील देउसी भैलो खेल्न सुरु गरेको छ ।
Advertisement
राष्ट्रिय जनमोर्चाको आयोजनामा रक्तिमका कलाकारहरुले काठमाडौंको बसपार्क क्षेत्रबाट आफ्नो प्रस्तुती सुरु गरेका हुन् ।
रक्तिमले विभिन्न जनवादी गीत, संगीत तथा नृत्य प्रस्तुत गरी मनोरञ्जनसँगै जनचेतना जगाउने र आर्थिक संकलन गर्ने उद्देश्य राखेको छ ।
रक्तिम सांस्कृतिक अभियानका उपाध्यक्ष हेमराज आश्रमको नेतृत्वमा रहेको कलाकार टिममा मेस्मा पुन, राम परियार, राम राना, पुजन गुरुङ, पवन विक, सुप्रभात कार्की, केशव राना, यामसेन पुन, गौरव चौधरी, शिशिर शर्मा कविता चौधरी, पूजा बेलबासे, पवित्रा आचार्य, युजिन श्रेष्ठ, पूजा चौधरी र सिम्रन अधिकारीलगायत सहभागी छन् ।
यस्तै, देउसी भैलो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताहरु सहभागी रहेका छन् ।
