दिनेश रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चा राजपुर गाउँपालिका एरिया समितिको चुनावी अगुवा कार्यकर्ता भेला आज सम्पन्न भएको छ।
Advertisement
भेलालाई सम्बोधन गर्दै अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले अगामी मंसिर ४ गतेको चुनावमा गठबन्धनका उम्मेदवार र समानुपातिक उम्मेदवार रहेका गिलास चिन्हमा मतदान गरि अत्याधिक बहुमतले विजय गराउन अपील गर्नु भयो।
भेलामा राजमो जिल्ला सदस्य रामफकिरे रैदास, तराई मधेशका जिल्ला सदस्य फूर्तिराम यादव, समता समाजका जिल्ला सदस्य कमल विक, अखिल (छैठौं) दाङ जिल्ला सचिव देनेश रैदास लगायतको आतिथ्यता रहेको थियो ।
राजपुर एरिया समितिको अध्यक्ष टेकबहादुर बुढाको अध्यक्षता र राजमो जिल्ला उपाध्यक्ष महेश रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।