माधव खनाल, बुटवल ।
Advertisement
प्रगतिशील पत्रकारसंघ नेपालका केन्द्रीय कोषाध्यक्ष तथा रुपन्देही अध्यक्ष श्यालाल पोख्रेललाइ मातृशोक परेको छ । पोख्रेलकी ममतामयी माता पदमा कुमारी पोख्रेलको ६५ वर्षको उमेरमा बुधबार बिहान आफ्नै निवास तिलोत्तमाको जानकी नगरमा निधन भएको थियो ।
२०११ साल साउनमा जन्मनु भएको वहाँ केही समय देखि क्यान्सरले पीडित हुनुहुन्थ्यो । प्युठान जिल्ला झिमरूक गाउँ पलिका वार्ड नं ३ बेओरे स्थाई निवासी उहाँका श्रीमान नन्दलाल, ४ छोरा २ छोरी, ज्वाइँ, बुहारी तथा नाती नातीनीहरु छन्।