सुर्खेत । रक्तिम सांस्कृतिक अभियान कर्णाली प्रदेशको भेला वीरेन्द्रनगरमा सम्पन्न भएको छ । अभियानका महासचिव जीवन शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले हिक्मत शाहीको अध्यक्षतामा ७ सदस्यीय प्रदेश संगठन समितिको चयन गरेको छ ।
Advertisement
समितिको सचिवमा शिल्पा रावल (सुर्खेत), कोषाध्यक्षमा निर्मला पोख्रेल (सुर्खेत) र सदस्यहरुमा गिरी प्रसाद बुढा (रुकुम पश्चिम) किरण शाही (दैलेख), सविना शाही (सुर्खेत) लाई चयन गरेको छ भने एक स्थान रिक्त रहेको सचिव शिल्पा रावलले बताईन् ।
भेलालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम राना प्याशी, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश उपाध्यक्ष कमलविक्रम शाही, राष्ट्रिय जनमोर्चा सुर्खेतका सचिव लालबहादुर नेपालीले सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।