काठमाडौं । नेपाल पत्रकार महासंघले जनकपुरधाम उपमहानगरपालिकाका मेयर किशोर साहलाई कारबाही गर्न माग गरेको छ । समाचार संकलनका क्रममा मेयर साहले आफ्ना सहयोगी तथा नगरप्रहरी प्रयोग गरी पत्रकारमाथि गरेको कुटपिट तथा दुव्र्यवहारको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले कारबाहीको माग गरेको हो ।
विश्व सम्पदा सूचिमा सूचिकरणका लागि सिफारिस गरिएको जानकी मन्दिरको जग्गा अतिक्रमण भएको विषयमा आज मेयर साहसँग प्रतिकृया लिन पुगेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, उज्यालो अनलाईन डटकमका पत्रकार सुवास कर्ण, देश सञ्चार डटकमका पत्रकार राजा झालाई आफ्नो सहयोगी तथा नगरप्रहरी प्रयोग गरी कुटपिट गर्नुका साथै, कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुरलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेका थिए।
सूचना संकलनका लागि मेयरको कार्यकक्षमा पुगेका पत्रकारहरुमाथि भएको कुटपिट तथा दुव्र्यवहारको घटना प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भएको महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यता, नेपाल पत्रकार महासंघ प्रदेश नं २ ले पनि घटनाको भत्र्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ