बागलुङ । राष्ट्रिय जनमोर्चा जैमिनी नगर सदस्य तथा जैमिनी वडा नं ७का अध्यक्ष शिव पौडेल र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता मोहराज पौडेलकी आमा देउकलाप्रति बागलुङमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङले मृतक देउकलाको निवास जैमिनी नगरपालिका–७ जैदीमा श्रद्धाञ्जली शभाको आयोजना गरेको हो।
उहाँको निधन भएको १० औँ दिन (असोज ३१ गते) आयोजित श्रद्धाञ्जली सभामा राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा, केन्द्रीय सदस्य डिल बहादुर दर्जी, गण्डकी प्रदेश सदस्य तथा काठेखोला गाउँपालिका उपाध्यक्ष तिलक थापा, जिल्ला सदस्य थानेश्वर सुवेदी, वडा समिति सदस्य भुपेन्द्र राना लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साथै उपस्थित नेता कार्यकर्ता एवम् आफन्तबाट मृतकको फोटोमा माल्यार्पण गरी सम्मान प्रकट गरिएको थियो ।
देउकला पाध्याको ७८ वर्षको उमेरमा गत असोज २२ गते निधन भएको थियो ।
देउकलाप्रति मूल प्रवाहको श्रद्धाञ्जली