रामप्रसाद पराजुली, कतार ।
कतार नेपाली एकता समाजले प्रगतिशील देउसी भैलो कार्यक्रम गर्ने भएको छ ।
‘संसारका मजदुर एक हौं, बुर्जुवा सांस्कृतिको अन्त्य गरौं, प्रगतिशील संस्कृतिको विकास गरौं’ भन्ने नारासहित कतार नेपाली एकता समाज अन्तगर्त रक्तिम साँस्कृतिक विभागले देउसी भैलो कार्यक्रम गर्ने भएको हो ।
तिहारकै अवसरमा एकता समाजले हरेक वर्ष नेपाली संस्कृतिको जगर्ना गर्दै प्रगतिशील देउसी भैलो आयोजना गर्दै आएको छ । यहि २८ अक्टोबर २०२२ सुक्रबारका दिन सनैया ग्रान्ड मलस्थित ग्रम बंगला रेस्टुरेन्टमा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको समाजका महासचिव खिम बुढाले बताउनुभयो ।
संस्स्कृतिभित्र रहेका रुढी परम्परालाई हटाउँदै नयाँ सन्दर्भमा समाज र संस्कृतिकका हरेक गतिविधिलाई प्रगतिशील रुपन्तरण र वैज्ञानिक बनाउँदै जाने अहिलेको आवश्यकता रहेको समाजले जनाएको छ । युवा पुस्ताहरुमा नै मौलिकता हराउँदै गएकोमा एकता समाजले चिन्ता व्यक्त गरेको छ । पहिले खेलिने देउसी भैलो भावनात्मक हुने गरेपनि अहिले देउसी भैलो मनोरञ्जनमा मात्रै सिमित भएको महासचिव बुढाको भनाई छ ।
कार्यक्रमा सहभागी हुन कतारमा रहेका सम्पूर्ण नेपालीलाई कतार नेपाली एकता समाजले आग्रह गरेको छ ।