• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नवौँ राष्ट्रिय खेलकुद : बागमतीलाई फेन्सिङमा पहिलो स्वर्ण


  •   सोमबार, असोज २४, २०७९ मा प्रकाशित
  • पोखरा । बागमती प्रदेशले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङ खेलमा पहिलो स्वर्ण पदक हात पारेको छ ।

    Advertisement

    पोखरा रङ्गशालामा आजदेखि सुरु भएको फेन्सिङ खेलको सेबर विधानमा बागमती प्रदेशका शिक्षा नापितले स्वर्ण पदक जित्न सफल हुनुभयो ।

    सशस्त्र प्रहरी बलका उर्मिला लामालाई पराजित गर्दै नापितले बागमतीलाई पोखरामा पहिलो पदक दिलाउन सफल हुनुभयो । त्यसैगरी नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा क्रमश : द्वितीय र तृतीय हुँदै रजत र कास्य पदक जित्न सफल हुनुभयो ।

    प्रतियोगितामा फेन्सिङतर्फ इपी, फोयल र सेबर विधामा व्यक्तिगत र टिम इभेन्टमा प्रतिस्पर्धा हुने कास्की जिल्ला फेन्सिङ सङ्का अध्यक्ष विजय शाहीले बताउनुभयो । प्रतियोगितामा दुई विभागीयसहित छ टोलीको सहभागिता छ ।

    प्रतियोगितामा नेपाली आर्मी, सशस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नं १ र सुदूर पश्चिम प्रदेशको सहभागिता छ ।

    महिला क्रिकेटमा पुलिस क्लब विजयी
    त्यसैगरी, पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी महिला क्रिकेटको आजको खेलमा विभागीय नेपाल प्रहरीको पुलिस क्लब विजयी भएको छ ।

    प्रतियोगिताको आफ्नो पहिलो खेलमा पुलिसले ६३ रनको फराकिलो अन्तरमा कर्णाली प्रदेशमाथि जीत निकाल्दै विजयी सुरुआत गरेको हो ।

    पुलिस क्लबले दिएको एक सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा बर्षाले खेल रोकिन पुगेको थियो । दस ओभर दुई बलको खेल जारी रहँदा पानी परेपछि डिएलए मेथडानुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो ।

    खेल रोकिनुअघि कर्णाली प्रदेशले सात विकेटको क्षतिमा १७ रन जोडेको थियो । कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक सात रन बनाउनुभयो ।

    पुलिस क्लबका सबनम राई, सङ्गीता राई, कविता जोशी, ईश्वरी विष्ट र हिरनमाया रोयले समान एक/एक विकेट लिनुभयो ।

    टस जितेर ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित १६ ओभरमा छ विकेटको क्षतिमा एक सय १० रनको योगफल तयार पारेको थियो । मैदान भिजेका कारण ढिला सुरु भएको खेलमा चार ओभर घटाइएको थियो ।

    पुलिसका लागि सम्झना खड्काले २१ बलमा दुई चौकाको मद्दतमा २५ रन बनाउनुभयो । यसअघि काजल श्रेष्ठ र कविता कुँवरले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गर्नुभयो । कर्णाली प्रदेशका लागि अञ्जु गुरुङले तीन तथा बीना थापा र एञ्जिला क्षत्रीले समान एक/एक विकेट लिनुभयो ।

    महिला क्रिकेटका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह क मा आयोजक गण्डकी प्रदेशसहित सशस्त्र प्रहरीको एपिएफ, मधेस प्रदेश, सुदूरपश्चिम र बागमती प्रदेश छन् ।

    यसैगरी समूह ख मा नेपाल प्रहरी, कर्णाली, प्रदेश नं १ र लुम्बिनी प्रदेश रहेका छन् ।

    नवौँ राष्ट्रिय खेलकुद यही असोज २८ देखि कात्तिक ३ गतेसम्म औपचारिक रूपमा गण्डकीका आठ जिल्लामा हुँदै छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाएका छन् ।

    गण्डकीमा ४० वर्षपछि दोस्रोपटक भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन सय ९२ स्वर्ण, तीन सय ९२ रजत र ६ सय कास्य गरी एक हजार तीन सय ८४ पदकका लागि आठ हजार हाराहारीमा खेलाडीमाझ प्रतिस्पर्धा हुने राखेपले जनाएको छ ।(रासस)

    सोमबार, असोज २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.