वीरेन्द्रनगर । सुर्खेत जिल्लाको १ (ख) प्रदेशसभामा राष्ट्रिय जनमोर्चाको तर्फबाट मोहन थापा उम्मेदवार बन्नुभएको छ ।
Advertisement
राजमोका पूर्व जिल्ला अध्यक्ष रहिसक्नुभएका थापाले २०७९ असोज २३ गते वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा गई मनोनयन दर्ता गराउनुभएको हो ।
मनोनयन दर्ताका लागि राजमो केन्द्रीय सदस्य रत्नविक्रम राना प्यासीका साथै राजमो नेताहरू भूपेन्द्र नेपाली, भक्त दानी, प्रेम ठाडा, हरि परियार, छवि विक, पार्वती ठाडालगायतको उपस्थिति रहेको थियो ।