बुटवल । रूपन्देहीको सम्मरीमाई गाउँपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ का एक विद्यार्थीमाथि शिक्षकले निर्घात कुटपिट गरेका छन् । गृहकार्य नगरेको भन्दै १० वर्षीय बालक तौफिक धुनियालाई शिक्षक शैलेन्द्र बरईले कुटेका हुन् ।
Advertisement
कुटाइबाट धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ । बालकको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ल्याइएको छ ।
शिक्षकबाट आफ्नो सन्तान निर्घात कुटिए पनि प्रहरीले उजुरी लिन नमानेको गुनासो परिवारका सदस्यले गरेका छन् । तौफिक कुटिएपछि संलग्नमाथि कारबाही माग गर्दै इलाका प्रहरी कार्यालय मर्चवारमा पुगे पनि दर्ता नभएको परिवारको भनाइ छ ।