• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

एकमहिने छोरी छोडेर जापानमा अस्ताइन् स्याङजाकी ४२ वर्षीया सबिना


  •   आइतबार, असोज २३, २०७९ मा प्रकाशित
  • मेघराज रिष्मेली, टोकियो (जापान) ।
    नेपालीहरूको प्रसिद्ध पर्वमा सबै रमाइरहेका छन । आफन्त भेटघाट चलिरहेको छ । यस्तै जमघट ४२ वर्षीय गीताकुमारी गुरुङ (सविना गुरुङ) को परिवारमा पनि हुनुपर्ने थियो तर अफसोच, आठ वर्षपछि आफ्नो अर्कों सन्तानलाई यस धर्तीमा पदार्पण गराएको खुसीको एक महिना नबित्दै उनको परिवारमा बज्रपात परेको छ ।

    Advertisement

    नेपाल स्याङ्जा घर भई हाल जापानको गुन्माकेन इसेसाकी नगरमा श्रीमानसँगै पाँच वर्षदेखि बस्दै आएकी सबिनाको एक महिनाअघि सुत्केरी भएपश्चात् रक्तस्राव भइरहेपछि त्यसको शल्यक्रियामार्फत उपचार गराउँदा–गराउँदै अक्टोबर ८, २०२२ शनिबारको राती ज्यान गएको छ । निरन्तर रक्तस्राव नरोकिएको कारण उनको मृत्यु भएको अस्पतालले पारिवारिक स्रोतलाई जानकारी गराएको बुझिएको छ ।

    सुत्केरी भएपश्चात नै निरन्तर रक्तस्राव हुने गरेको र स्थानीय अस्पतालमा उपचार गराइरहेको उनको स्वास्थ्य अवस्था असामान्य बनेपछि गुन्मा युनिभर्सिटी हस्पिटल लगिएको र शल्यक्रियाको क्रममा सबिनाको ज्यान गए पनि बच्चा (छोरी) को स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली साझा समाज जापानका अध्यक्षसमेत रहेका समाजसेवी बुद्धि शेरचनले जानकारी गराए ।

    ‘नेपालमा आमा र बहिनीको प्रतिक्षामा रहेका ११ वर्षीय छोरासहितले सबिनाको जीवित मुहार हेर्न नपाए पनि शवलाई नेपाल लैजाने आवश्यक तयारीमा छौँ’ पति युवराजले आइतबार गुन्माकेन इसेसाकी सिटी शव व्यवस्थान गृहमा राखिएको पत्नीको अन्तिम श्रद्धाञ्जली अर्पण कार्यक्रममा भावविहल हुँदै भने– ‘विदेशमा यस्तो दुर्भाग्य कसैलाई नपरोस्, जहा आमाको मुहार चिन्न नपाउँदै छोरी टुहुरी भइन् । पाँच वर्षदेखि आमा पर्खिएको छोराले आमाको मात्र शव देख्नुपर्ने भयो ।’

    सबिनाको अन्तिम श्रद्धाञ्जली अर्पण गर्नका लागि गुन्मा क्षेत्रमा रहेका करिब १०० जना नेपालीको उपस्थिति रहेको थियो । उपस्थित सबैका आँखा रसाएका थिए भने नवजात शिशु र परिवारको अवस्था सम्झेर धेरै भक्कानिए थिए ।

    सबिनाको शवलाई नेपाल लैजानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र शुभचिन्तकहरूबाट सामान्य रूपमा आर्थिक सङ्कलनसमेत गरिएको समाजका अध्यक्ष शेरचनले जानकारी दिए ।

    आइतबार, असोज २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.