प्युठान । राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिकाको भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका नेता बोम बहादुर खत्रीको आथित्यतामा सम्पन्न भेलाले गाउँसमितिको पुनर्गठन गरेको छ ।
सुर्य नेपालीको अध्यक्षतामा गठित २७ सदस्यीय समितिको उपाध्यक्षमा डोर प्रसाद पोख्रेल, सचिव जीवन केसी र कोषाध्यक्ष पबित्रा पोख्रेल रहनुभएको छ ।
यस्तै, सदस्यहरुमा कमल पौडेल, रुमान केसी, यमा जिएम, गणेश जिसी, सत्यमोहन राना, आत्माराम केसी, भक्तबहादुर भट्ट, वशन्त केसी, गिरिराज पौडेल, बोधी पोख्रेल, शोभाबहादुर नेपाली, उमबहादुर पनु, तेजबहादुर श्रेष्ठ, बोमबहादुर पुन, सरस्वती थापा, दामोदर शर्मा, उजेली बिक, नारायण पाण्डे, गुणेन्द्र बस्नेत, चेतबहादुर पुन रहनुभएको छ ।

भेलाले पाँच जनालाई सल्लाहकार चयन गरेको छ । सल्लाहकारहरुमा अमरध्वज राना, सरिता जिसी, चिन्तबहादुर राई, लेखबहादुर थापा र सुकमेली परियार रहनुभएको छ ।