म्याग्दी । लगातारको वर्षाले मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक र पश्चिम तर्फको बेनी–दरवाङ सडकमा यातायात अवरुद्ध भएको छ ।
Advertisement
त्यसैगरी सदरमुकामबाट पश्चिम जाने बेनी–दरवाङ्ग सडकको बेनी नगरपालिका, ४ तातोपानीस्थित फापरखेत र मालिका गाउँपालिका, ६ को बाङ्गेपहिरोमा पनि पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो ।
‘लगातारको वर्षापछि जिल्लाका मुख्य सडक बेनी–जोमसोम र बेनी–दरवाङ–मुना सडकका विभिन्न खण्डमा पहिरोले यातायात अवरुद्ध छन् । यी बाहेक पनि जिल्लाका ग्रामिण सडकहरु स–साना पहिरोले अवरुद्ध भएका छन् ।