पिताम्बर सापकोटा, बागलुङ बजार ।
बागलुङ जिल्ला गल्कोट नगरपालिका वडा नं. ९ रिष्मीमा कार्यरत रिष्मी युवा समाजले २०७९ सालको बडादसैँ तथा तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
पछिल्लो समयमा युवाहरू विदेश पलायन हुँदै गर्दा गाउँमा रहेका युवाहरू एकजुट भएर काम गर्न सहज होस् भनी स्थापित गरेको युवा समाजले रिष्मीमा रहेको आमा समूहको भवनमा शुभकामना कार्यक्रम गरेको थियो ।
२०७९ असोज १८ गते मङ्गलबार आयोजित उक्त कार्यक्रममा वडासदस्य नारायण सापकोटाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा लक्ष्मीनारायण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदीलाल सापकोटा, राजतिकर्मी नारायण सापकोटा, चुइसल्ला सालघारी सामुदायिक वन समितिका अध्यक्ष खिमलाल सापकोटा लक्ष्मीनारायण विद्यालयका शिक्षक उमाकान्त सापकोटा, विष्ण आधारभूत विद्यालय छिसका प्रधानाध्यापक प्रेमसागर सापकोटा, आमा समूह रिष्मीकी अध्यक्ष कोपिला सापकोटा, छिस युवा परिवारको अध्यक्ष माधव सापकोटा, गल्कोट नमूना विद्यालयका शिक्षक सोमलाल सापकोटा, समाजसेवी पर्शुराम सापकोटा र डिलाराम सापकोटाको उपस्थिति रहेको थियो ।
अतिथिहरूले बडादसैँ तथा तिहारको शुभकामना मन्तव्य दिने क्रममा गाउँमा खेलमैदानको कमी भएको हुँदा त्यष्सका लागि जग्गा व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम रिष्मी युवा समाजका अध्यक्ष राजेन्द्र सापकोटाको अध्यक्षता, अर्जुन सापकोटाको स्वागत मन्तव्य र गणेश सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।


