मेघराज रिष्मेली, टोकियो (जापान) ।
जापान नेपाली एकता समाज कान्साई क्षेत्रीय समितिको भेला सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष शालिकराम सापकोटाको विशिष्ट आतिथ्यमा अगस्त ३, २०२२ सोमबारका दिन सो भेला सम्पन्न भएको हो ।
भेलामा केन्द्रीय उपाध्यक्ष डण्ड केसी र गोपाल सापकोटा, महासचिव तेजेन्द्र क्षेत्री सचिवालय सदस्य बासु शर्मा, केन्द्रीय सदस्य कमल सापकोटा, केन्द्रीय सल्काहकार नन्दु शर्मा, निवर्तमान अध्यक्ष यामलाल सापकोटा, टोकियो क्षेत्रीय समितिका अध्यक्ष नारायण कँडेल, टोकियोकै उपाध्यक्ष छविलाल गौतम, कोषाध्यक्ष गोम बुढाथोकी, ह्योगो क्षेत्रीय समितिका अध्यक्ष भूवन सापकोटा, ह्योगोकै उपाध्यक्ष मेघराज रिष्मेली, सचिव विष्णु सापकोटा, ओसाका क्षेत्रीय समितिका कोषाध्यक्ष राजन सापकोटा, ओसाकाकै निवर्तमान अध्यक्ष कमल कार्कीलगायत समितिका पदाधिकारी र एकता समाजमा आबद्ध अन्य साथीहरूको उपस्थिति रहेको थियो ।
भेला संयोजक समितिका अघ्यक्ष टीका केसीको अघ्यक्षता तथा भूवन सापकोटाको स्वागत मन्तव्य र गोपालकृष्ण सापकोटाको सञ्चालनमा भएको थियो ।
भेलाले गोपालकृष्ण सापकोटा अध्यक्ष रहनुभएको ११ पूर्ण समिति र छ सल्लाकार गरी १७ जनाको एकता समाजको कान्साई क्षेत्रिय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा भूवन सापकोटा, सचिवमा टीका केसी, सहसचिवमा मेघराज सापकोटा, कोषाध्यक्षमा राजन सापकोटा र सहकोषाध्यक्षमा प्रकाश सापकोटा रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा भविलाल सापकोटा, श्याम केसी, विष्णु सापकोटा, कर्ण केसी र समीर परियार तथा सल्लाहकारहरूमा यमलाल सापकोटा, जयलाल सापकोटा, कमल कार्की, थोमलाल सापकोटा, हेमलाल गौतम र नन्दु शर्मा रहनुभएको छ ।

