काठमाडौं । राष्ट्रिय जनमोर्चाले सुदूरपश्चिम प्रदेश समितिको पुनर्गठन गरेको छ । हालै बुटवलमा सम्पन्न पार्टीको बैठकले समितिमा हेरफेर गरेको हो ।
Advertisement
पुनर्गठित समितिको अध्यक्षमा नन्दराज भट्ट रहनुभएको छ । उपाध्यक्षमा लोेकेन्द्र लम्साल, सचिव लालबहादुर जाग्री र कोषाध्यक्षमा केशवनाथ योगी रहनुभएको छ ।
सदस्यहरुमा वेणिमाधव जोशी, रामबहादुर कार्की, खडक बहादुर राना, कल्पना भण्डारी, शेरबहादुर विक, मञ्जु परियार, राजाराम चौधरी, तिलक परियार, लक्षीराम आचार्य, कुन्तिदेवी पाण्डे, पदम ओली, दयाराम सञ्ज्याल र विरेन्द्र भण्डारी रहनुभएको छ ।