महेन्द्रनगर । कञ्चनपुरको सदरमुकाम महेन्द्रगरमा रहेको मालपोत कार्यालयकी एक कर्मचारी एक लाख पचास हजार घुससहित रंगेहात पक्राउ परेकी छन्।
Advertisement
खरिदार ललिता रोकायालाई मंगलबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पारस डेरीबाट सो रकमसहित पक्राउ गरेको हो ।
भीमदत्त नगरपालिका वडा नं. ४ मा रहेको जग्गा पास गरिदिने र पास हुन नसके रकम फिर्ता गराई दिन्छु भनी आलटाल तथा ढिलासुस्ती हैरानी दिएको अख्तियारले जनाएको छ ।
उजुरी एवं विशेष सूचनाका आधारमा रंगेहात पक्राउ परेकी रोकायामाथि थप अनुसन्धान भइरहेको छ ।