गलकोट । बागलुङमा अरिंगालले टोकेर एकजनाको मृत्यु भएको छ ।
Advertisement
जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिंगालले टोक्दा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।
रातको समयमा घर नजिकैको जंगलमा अरिंगाल पोल्ने क्रममा अरिंगालले टोकेर गम्भीर घाइते हुनुभएका रानालाई स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएको र आज बिहान घरमै उहाँको मृत्यु भएकोे प्रहरीको भनाइ छ । रासस