• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अस्पतालमा शैय्याको अभाव हुँदा उपचारमा समस्या


  •   मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
  • भजनी । दैनिक बिरामीको चाप बढ्न थालेपछि कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा शैय्याको अभाव हुन थालेको छ । ५१ शैय्याको अस्पतालमा दैनिक पाँच सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

    Advertisement

    मौसमको परिवर्तनसँगै अस्पतालमा सेवा विस्तार भएपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । हामीसँग अस्पतालमा ५१ शय्या मात्रै छन् ।

    बिरामीको चापलाई अहिलेको शय्या सङ्ख्याले थेग्न सक्ने अवस्था छैन । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले भन्नुभयो, प्रदेश सरकारसँग एक सय एक शैय्याको अस्पताल बनाउनको लागि प्रस्ताव पेस गरेका छौँ । त्यसको कार्यान्वयन छिटो हुन सकेन भने अस्पतालको सेवा नै प्रभावित हुनसक्ने देखिएको छ ।

    उहाँले कञ्चनपुरदेखि सुर्खेतसम्मका बिरामी अस्पतालमा उपचारको लागि आउने गरेका छन्

    अस्पतालमा विशेषज्ञ सेवा थपिँदै गएपछि निजी अस्पताल भन्दा सस्तोमा उपचार हुने भएपछि अस्पतालमा टाढाका बिरामी पनि अस्पताल पुग्ने गरेको अध्यक्ष सोडारी बताउनुहुँन्छ ।

    ल्याप्रोसकोपी सेवा, फिजिसियन, स्त्रीरोग सेवा, बालरोग विषेशज्ञ सेवा, हाडजोर्नी विशेषज्ञ सेवा लगातका सेवा अस्पतालमा भएपछि टीकापुर बाहिर नेपालगञ्ज, धनगढीसम्म उपचारका लागि पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

    टीकापुरमै उपचार पाइन थालेपछि चर्को एम्बुलेन्स खर्च, त्यहाँको बसाइँ खर्च बचेको अस्पतालमा उपचारका लागि आउनुभएका सेवाग्राही विक्रम चौधरी बताउनुहुन्छ ।

    प्रदेशको सहरी विकास कार्यक्रम अन्तर्गत अस्पतालले व्यवस्थित पार्किङको व्यवस्थापन गरेको छ । अस्पतालको बाहिर सडकमा सवारी पार्किङले दुर्घटनाको जोखिम बढाएको बताउँदै पार्किङस्थल निर्माण भएपछि अस्तव्यस्त सवारीसाधन देखिन छोडेको अध्यक्ष सोडारीले बताउनुभयो ।
    उहाँले भन्नुभयो, पहिलेको भन्दा अस्पताललाई व्यवस्थापन गर्दै लगेका छौँ ।

    चालू आर्थिक वर्षमा अस्पतालको प्रशासनिक र चिकित्सकको लागि आवास भवन निर्माण हुने भएको छ । अस्पतालले जमिनलाई बचाउने उद्देश्यले दोस्रो तलामा प्रशासनिक भवन निर्माणका लागि प्रदेशको सहरी विकास कार्यक्रम अन्तर्गत प्रक्रिया अगाडि बढेको बताउँदै चिकित्सकको आवास भवन निर्माणका लागि तिहार अगाडि नै प्रदेश सरकारले बोलपत्र प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

    अस्पतालको जनशक्ति व्यवस्थापनदेखि भौतिक संरचना निर्माणसम्ममा प्रदेश सरकारले सहयोग गर्दै आएको छ तर, अस्पतालको क्षमता बढाउने कुरामा भने प्रदेशले कन्जुस््याइँ गरेको जस्तो लाग्छ ।

    अध्यक्ष सोडारीले भन्नुभयो,अहिले अस्पतालमा शय्याको अभावमा बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।
    अस्पतालले प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि ‘रिफ्रेसन सेन्टर’ सञ्चालनमा ल्याएको छ । जसमा प्लास्टिकजन्य फोहरलाई प्रशोधन गरेर पुन:प्रयोगमा ल्याउन सकिने छ, भने त्यसले फोहर व्यवस्थापनमा निकै ठूलो सहयोग मिल्ने अपेक्षा लिइएको छ ।(रासस)

    मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.