काठमाडौँ । यही असोज १ गते सुदूरपश्चिमको अछामका विभिन्न क्षेत्रमा पहाडको माथिल्लो भागबाट पहिरो खस्यो । ती ठाउँका पहिरामा पुरिएर २२ जनाको मृत्यु भयो ।
उक्त घटना, यो वर्र्षकै ठूलो मानवीय क्षति भएको विपद्जन्य घटना हो । भारी वर्षापछि जिल्लाको तुर्माखाँद गाउँपालिका, कमलबजार नगरपालिका र ढकारी गाउँपालिकाकाको बस्तीमा खसेको पहिराले सो क्षति पुर्याएको थियो ।
उदयपुरको बेलका नगरपालिकाबाट कोसी नदीले धार परिर्वतन गरी बस्तीमा पस्दा हजारौँ घर डुबानमा पार्यो । मानवीय क्षति भएन । दार्चुलामा महाकाली नदीले ठूलै विपत्ति निम्त्यायो । जिल्ला सदरमुकामनै प्रभावित भयो । खोटाङमा भूकम्पले सयौँ घरमा क्षति पुर्यायो । काठमाडौँ कपनमा अक्सिजन सिलिण्डर विष्फोटपछिको आगलागीमा तीन जनाको निधन र धेरै सम्पत्ति क्षति भयो । अन्य जिल्लामा केही मानवीय र भौतिक क्षति हुने गरी विपद्का घटना भए ।
मुलुकका धेरै ठाउँमा औसतभन्दा बढी वर्षा हुने आँकलन गरिएपनि तथ्याङ्कमा गत वर्षभन्दा यसपाली विपद्जन्य घटना र मानवीय क्षति न्यून देखियो ।
अघिल्लो वर्ष विपद्जन्य घटनामा चार सय ९० को मृत्यु भयो । यस वर्ष एक हजार सात सय ९१ विपद्जन्य घटनामा दुई सय २२ जनाले ज्यान गुमाए ।
अझै १३ बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती घटनामा पाँच सय २७ घाइते भए । दुई हजार तीन सय २७ परिवार प्रभावित भए । ती घटनामा अहिलेसम्म एक अर्बको क्षति भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ ।
यसपालीको घटनामध्ये चट्याङबाट बढी मानवीय क्षति भयो ।
चट्याङले ७२ र पहिराले ५५ को ज्यान गयो । आगलागीबाट २६, जनावरको आक्रमणबाट २१ तथा बाढीबाट १५ को मृत्यु भयो । भारी वर्षा, हुरीबतास, वन डढेलोलगायतबाट मानवीय क्षति भयो । बढी घटना र बढी भौतिक क्षति आगलागीबाट भएको छ । हालसम्म मुलुकमा आठ सय ६१ आगलागीका घटना भएकोमा त्यसबाट रु ८२ करोड ७१ लाख क्षति पुगेको छ । बाढीबाट धेरै (११ जना ) बेपत्ता भए ।
यसपाली मुलकुभर बाढीका दुई सय ३९ घटना भएकोमा त्यसबाट ५५ को मृत्यु, एक बेपत्ता, ४६ घाइते र दुई सय २९ घर प्रभावित भए । पहिराले रु आठ करोड ५५ लाख क्षति भयो ।
चट्याङका दुई सय १९ घटनामा ७२ को निधन, एक सय ९५ घाइते, तीन सय ३३ परिवार प्रभावित र ३५ लाखको क्षति भएको जनाइएको छ ।
त्यस्तै आठ सय ६१ आगलागीका घटना भएकोमा त्यसमा २६ को मृत्यु, एक सय ३३ घाइते, नौ सय ८४ घर प्रभावित र रु ८२ करोड ७१ लाखको क्षति भएको छ ।
हुरीबतास र भारी वर्षाका दुई सय १५ घटना भएकोमा १४ को मृत्यु, ४५ घाइते, चारसय परिवार प्रभावित र रु पाँच करोड २५ लाखभन्दा बढीको क्षति भएको छ ।
एक सय ८७ वन डढेलो र जनावरको आक्रमणका घटनामा २२ को मृत्यु, ८५ घाइते, दुई सय ३१ परिवार प्रभावित र रु एक करोड ६२ लाखको क्षति भएको छ ।
विसं २०७७ मा बाढीबाट ४२ र पहिराबाट तीन सय एकसहित विभिन्न घट्नामा पाँच सय ९१ को मृत्यु भयो । बाढीबाट ३७ र पहिराबाट ६४ सहित एक सय एक बेपत्ता भए । यस वर्षको बडादसैँमा काठमाडौँका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुस्ताङ क्षेत्रबाट च्याङ्ग्रा ल्याउन अनुकूल नभएपछि दार्चुलाबाट करिब पाँच सयको सङ्ख्यामा च्याङ्ग्रा ल्याउन लागेको हो ।
कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले विगतमा मनाङ र मुस्ताङबाट ल्याइने गरेकामा मूल्यलगायत कारण समस्या भएपछि पहिलो पटक दार्चुलाबाट च्याङ्ग्रा ल्याउन प्रयास गरिएको जानकारी दिनुभयो ।
कम्पनीले ती च्याङ्ग्रा जिउँदो प्रतिकिलो रु एक हजार एक सय ५० मा खरिद गर्न लागेको जानकारी दिएको छ । कम्पनीको उक्त प्रयासले बजारमूल्य स्थिर तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ ।
यसैबीच, स्थानीय पालिका जनप्रतिनिनिबाट माग र अनुरोध भएपछि कम्पनीले दार्चुलाको व्याँस गाउँपालिको छाङरु र तिङ्करका लागि चार सय क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ ।
कम्पनीले चामल, दाल, पीठो, नून, चिनीलगायत खाद्य सामग्री हेलिकप्टरबाट दसँैअघि नै उक्त क्षेत्रमा उपलब्ध गराउने तयारी गरेको छ ।
ती सामग्री ढुवानीका लागि हेलिकप्टर भाडामा लिन टेन्डर प्रक्रिया अघि बढिसकेको कम्पनीले जानकारी दिएको छ ।