• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

“मुटुमाथि ढुङ्गा राखी हास्नुपर्या छ”


  •   शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
  • समीर सिंह

    Advertisement

    वर्गसङ्घर्षको स्वरूप विभिन्न प्रकारको हुन सक्छ । राष्ट्रियता र जनतन्त्रका लागि चल्ने आन्दोलन पनि वर्गसङ्घर्ष हो; शान्तिवाटिकामा भाषण गरेको पनि वर्गसङ्घर्ष हो; संसद्भित्र गएर त्यसको गलत पक्षको भण्डाफोर गरेको पनि वर्गसङ्घर्ष हो । समय र परिस्थितिअनुसार विभिन्न आन्दोलनको आआफ्नै महत्त्व हुन्छ । एकदमै “क्रान्तिकारी” गफ मात्र वर्गसङ्घर्ष हुने, अरू सबै दक्षिणपन्थी व्यवहार हो भन्न मिल्दैन ।

    क. चित्रबहादुर केसी नेपाल सरकारको उपप्रधानमन्त्री हुँदा राष्ट्रियताको पक्षमा अडान राख्दै भारतीय साम्राज्यवादको विरोध गरिरहनुभयो । त्यसरी विरोध गर्दा उसले वक्तव्य नै जारी गर्नुपर्ने स्थिति सिर्जना भयो । शान्तिवाटिकामा गर्ने भाषणको आफ्नै महत्त्व होला तर सधैँ त्यसरी मात्र बोल्दा विदेशी शक्तिले नसुन्न सक्छ । सरकारमा गएर देशी तथा विदेशी शक्तिको अगाडि लम्पसार पर्नुभएन तर त्यहाँ गएर गलत पक्षको भण्डाफोर गर्न आवश्यकताअनुसार सरकारमा जान सकिने भयो । त्यो पनि वर्गसङ्घर्षको एउटा रूप हो । क. चित्रबहादुर सरकारमा गएर उहाँको महत्त्वपूर्ण भूमिकाले राष्ट्रियताको आन्दोलनलाई थप उचाइमा पुर्याएको यथार्थतालाई हामीले स्वीकार गर्नुपर्ने नै हुन्छ ।

    क. दुर्गा पौडेलले प्रतिनिधि सभामा र क. राजेश विकले राष्ट्रियसभामा संसदीय राजनीतिका गलत पक्षको भण्डाफोर गर्दै आउनुभएको छ । एमसिसी र नागरिकता विधेयकका विरुद्ध सडकमा विभिन्न आन्दोलन हुँदै आएका छन् । यी आन्दोलनको आफ्नै महत्त्व छ । हजारौँ आन्दोलनकारी मानिस सडकमा ओर्लिएर राष्ट्रघात र जनघातका विरुद्ध आन्दोलित भइरहेका छन् ।

    यी आन्दोलनलाई थप उचाइमा पुर्याउनुपर्छ तर फरक प्रकारले पनि यस प्रकारका आन्दोलनलाई सघाउने कार्य हुन्छ भने त्यसमा किन आपत्ति गर्नु ? त्यो फरक प्रकारको सङ्घर्ष भनेको संसदीय आन्दोलन हो । त्यो आन्दोलनमा क. दुर्गा पौडेल र क. राजेश विकले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ भनेर हामीले मूल्याङ्कन गर्नुपर्ने नै हुन्छ । सय जना मानिस शान्तिवाटिकामा बसेर नागरिकता विधेयकको विरोध गर्दा भारतीय साम्राज्यवादले नसुन्न पनि सक्छ तर एउटा मात्र व्यक्ति संसद्मा गएर विरोध गर्दा त्यसको धेरै भार हुन सक्छ । त्यसकारण पनि क्रान्तिकारी शक्तिहरू आवश्यकताअनुसार संसद्भित्र पस्नुपर्दछ ।

    भारतमा स्वतन्त्रता आन्दोलनको समयमा सडकमा आन्दोलन चलिरहँदा अङ्ग्रेजहरूले सुनेनन् भनेर भगत सिंहले संसद्मा बम पड्काइदिए । संसद्मा भएको त्यस प्रकारको बम प्रहारले अङ्ग्रेज विरोधी आन्दोलनलाई थप उचाइमा पुर्याइदियो । कुनै परिस्थितिमा त्यो बमको ठुलो महत्त्व भयो होला । अहिलेको परिस्थितिमा बम पड्काउने परिस्थिति अवश्य पनि होइन तर पनि देशी तथा विदेशी शक्तिको फोहोरो राजनीति बढ्दै गइरहेको सन्दर्भमा क्रान्तिकारी शक्तिको संसदीय भूमिकाले पनि ठुलो महत्त्व राख्दछ ।

    बागबजारको चिया पसलमा एक जना कमरेडले मलाई भन्नुभयो– “तपाई जस्तो मानिसले वामपन्थको वकालत गर्ने ? प्रगतिशीलताको कुरा गर्ने ?” उहाँको जोड थियो– “हामीले कम्युनिस्टभन्दा तलको कुरा गर्नु नै हुँदैन । प्रगतिवादभन्दा तलको कुरा नै गर्नु हुँदैन ।

    द्वन्द्वात्मक भौतिकवादी दर्शनले हामीलाई के सिकायो भने मात्राबाट गुणमा परिवर्तन हुने हो । कुनै पनि ठुलो परिवर्तनका लागि साना साना परिवर्तनको पनि ठुलो महत्त्व हुन्छ । साना साना सुधारात्मक आन्दोलनले आमूल परिवर्तनका लागि महत्त्वपूर्ण आधार तयार पारेको हुन्छ । मानिसको जीवनसँग जोडिएका साना साना सामाजिक, राजनीतिक, आर्थिक सुधारात्मक आन्दोलनले गुणात्मक परिवर्तनका लागि आधार तयार पार्दै गइरहेको हुन्छ । आमूल परिवर्तनका लागि कम्युनिस्ट आन्दोलनको मात्र सही भूमिका हुन्छ भन्ने होइन । सबै मानिस प्रगतिवादी नहुन पनि सक्छन् । वामपन्थको आन्दोलन तथा प्रगतिशीलताले पनि आमूल परिवर्तनको दिशामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

    गणतन्त्रको कुरा गरेपछि दक्षिणपन्थी भइने र नयाँ जनवादको कुरा गरेपछि क्रान्तिकारी हुने भन्ने होइन । त्यसरी क्रान्तिकारी भइने भए त नयाँ जनवादको मात्र किन कुरा गर्ने ? समाजवादभन्दा तलको कुरा नै नगरे भयो । त्यति मात्र किन ?

    साम्यवादभन्दा तलको कुरा नै नगरे भयो । साम्यवादभन्दा तलको कुरा गर्नेलाई दक्षिणपन्थी भनेर घोषणा गरिदिए भयो तर यी सबै वामपन्थी लफ्फाजीका कुरा भए । मूल कुरा ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने हो । समय र परिस्थितिको सही रूपमा चिरफार गर्दै योजना र कार्यक्रम निर्धारण गर्ने हो । कतिपय अवस्थामा ठुला ठुला कुराले मात्र होइन, सानो सानो कुराले पनि ठुलो महत्त्व राखिराखेको हुन्छ । यो अवस्थामा सानो सानो ठाउँमा आफ्नो पाइला टेक्दै अगाडि बढ्नुपर्ने हुन्छ । सानो सानो परिवर्तनका लागि त्यो परिवर्तनमा हिड्ने शक्तिसँग सम्बन्ध बनाउँदै अगाडि बढ्नुपर्ने हुन्छ । सधैँ एकै प्रकारको हिडाइ हुनुपर्दछ भन्ने होइन । आवेशको आधारमा हाम्रो हिड्ने तरिका रोज्नेभन्दा पनि परिस्थितिको ठोस विश्लेषण गरेर नै हाम्रा योजना र गतिविधि निर्धारित गरिनुपर्दछ ।

    अहिले देश चुनावमय भएको अवस्था छ । यो अवस्थामा चुनावबाट टाढा बसेर जनतासँग सम्बन्ध बनाउन सकिने अवस्था छैन । त्यसको विपरीत चुनावको फोहोरो राजनीतिभित्र पसेर क्रान्तिकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ । चुनाव बहिष्कार गरेपछि क्रान्तिकारी भइने र उपयोग गरेपछि दक्षिणपन्थी भइने भन्ने होइन । मूल कुरा फोहोरोभित्र पसेर हामीले क्रान्तिकारी भूमिका निर्वाह गर्न सक्छौँ कि सक्दैनौँ भन्ने नै हो । मूल कुरा चुनावी राजनीतिका आधारमा आफ्ना विचारलाई स्थापित गर्न तथा त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सक्छौँ कि सक्दैनौँ भन्ने हो । मूल कुरा श्रमजीवी जनतासँग सम्बन्ध बनाउँदै उनीहरूको न्यायपूर्ण आन्दोलनलाई उठान गर्न सक्छौँ कि सक्दैनौँ भन्ने हो ।

    हाम्रो देशमा चुनाव आएको छ तर चुनावको राजनीतिले सबैभन्दा बढी दक्षिणतिरको शक्तिलाई छोएको छ । देशको धर्म निरपेक्षतालाई समाप्त पार्ने र हिन्दु राज्य कायम गर्ने, त्यसका साथै देशलाई निरङ्कुशतातर्फ धकेल्न त्यो शक्ति प्रयासरत छ । गणतन्त्रभन्दा निरङ्कुशताबाट आफ्नो साम्राज्यवादी स्वार्थ पूरा हुने हुँदा उनीहरू सामन्त गोयलको नेपाल भ्रमणदेखि नै आफ्नो कथित उद्देश्यमा प्रयासरत छ ।

    दक्षिणतर्फको शक्तिले भनेअनुसार देशमा संविधान नबनेदेखि नै नियोजित रूपमा आफ्नो फोहोरो राजनीति गर्दै आएको छ । त्यसका लागि नेपालका विभिन्न राजनीतिक दललाई प्रयोग गर्दै आएको अवस्था पनि छ । बाहिरबाट हेर्दा दक्षिणतिरको शक्तिले कुनै राजनीति गरेको जस्तो देखिदैन तर अहिलेको नेपालको फोहोरो राजनीतिलाई उसैले निर्देशित गरिरहेको अवस्था छ । यस प्रकारको कथित राजनीतिलाई परास्त गर्न पनि क्रान्तिकारी शक्तिहरू चुनावी राजनीतिमा प्रवेश गर्नुपर्ने आवश्यकता छ ।

    नारायण गोपालको एउटा गीत छ– “मुटुमाथि ढुङ्गा राखी हास्नुपर्या छ” । वास्तवमा अहिले पनि नेपालका क्रान्तिकारी शक्तिहरू मुटुमाथि ढुङ्गा राखेर हिड्नु परिरहेको अवस्था छ । अहिले हामी नयाँ जनवादी आन्दोलनसम्म पुगिसकेको अवस्था छैन । अझ पनि गणतन्त्रलाई बलियो बनाउने आन्दोलनमा संलग्न छौँ । गणतन्त्रका विरुद्ध विभिन्न आक्रमण भइरहेको अवस्थाका कारण पनि यो आन्दोलनमा जोडिने सबै शक्तिलाई एकै ठाउँमा राख्दै अगाडि बढ्नुपर्ने आवश्यता छ तर प्रतिगमन विरोधी आन्दोलनमा जोडिन आउने शक्तिहरू एमसिसी तथा नागरिकता विधेयक पक्षधर छन् । उनीहरू सङ्घीयताको पक्षधर छन् । यस प्रकारको चुनौतीपूर्ण अवस्थामा एउटा आन्दोलनलाई अगाडि बढाउन कतिपय सम्झौता पनि गर्नुपर्ने परिस्थिति सृजना भएको छ । प्रतिगमन विरोधी आन्दोलनलाई अगाडि बढाउन एमसिसी तथा नागरिकता विधेयक पक्षधरसँग हातेमालो गर्नुपर्ने अवस्था छ ।

    आन्दोलनको परिभाषा पनि यस्तै हो । एकदम क्रान्तिकारी शक्ति मिलेर आन्दोलन तथा सङ्घर्ष अगाडि बढ्छ भन्ने होइन । कतिपय अवस्थामा अवसरवादी तथा प्रतिक्रियावादी शक्तिसँग पनि हातेमालो गर्नुपर्दछ । सधैँभरि एकता मात्र हुन्छ भन्ने होइन । कुनै एउटा विषयमा आन्दोलन उठान गरिन्छ भने त्यो विषयमा समेटिन सक्ने शक्ति एकजुट भएर नै आन्दोलन गर्ने हो । सय प्रतिशत शुद्ध क्रान्तिकारी भएपछि मात्र कुनै आन्दोलन उठान गर्ने भन्ने हो भने त्यो कहिल्यै पनि सम्भव छैन । एकता–सङ्घर्ष–एकता तथा सङ्घर्ष–एकता–सङ्घर्ष जुनसुकै अवस्थासँग पनि हिड्न सक्नुपर्दछ । फोहोर बाहिर बसेर ठुला ठुला गफ गर्नेभन्दा त्योभित्र पसेर त्यसलाई सफा गर्ने कुनै पनि क्रान्तिकारी शक्तिको रणनीति हुनुपर्दछ । फोहोरभित्र पस्न मुटुभित्र ढुङ्गा राख्नुपर्छ होला । फेरि पनि हास्नका लागि प्रयास त गर्नुपर्ने नै हुन्छ ।

    गणतन्त्र र धर्म निरपेक्षतालाई बलियो बनाउने आन्दोलनमा सबैभन्दा राम्रो भूमिका क्रान्तिकारी शक्तिको नै हुन सक्दछ । त्यसकारण पनि क्रान्तिकारी विचार भएकाको संसद्मा प्रतिनिधित्व हुनुपर्दछ तर उनीहरूलाई पराजित गर्न विभिन्न प्रकारका भ्रमका खेती अहिलेबाट नै सिर्जना गरिँदै छ । सरकारमा नजाने पार्टीलाई किन भोट दिने ? पैसा खर्च गर्नेले मात्र चुनाव जित्ने हो; राजमोले पैसा खर्च गर्न सक्दैन; त्यसैले चुनाव जित्ने होइन । नेताको आफन्तलाई किन भोट दिने ? जस्ता भ्रम फैलाइरहेको अवस्था छ । भ्रष्टाचार र कमिसनबाट राष्ट्रको दोहन गर्नेले मात्र पैसा बाँड्ने हो । देशलाई खोक्रो बनाउने नै त्यस्ता नेताले हो ।

    थोरै थोरै विकास गरे जस्तो गर्ने तर धेरै पैसा आफूले कुम्ल्याउनेले देशको विकास गर्छन् भन्नु नै हास्यास्पद तर्क हो । चुनाव जितेर फेरि भ्रष्टाचारमा लिप्त हुने नै त्यस प्रकारका उम्मेदवारको उद्देश्य हुन्छ । त्यस प्रकारका उमेदवारको भण्डाफोर गर्दै क्रान्तिकारी शक्तिले विजय प्राप्त गर्नु नै अहिलेको चुनावको उद्देश्य हुनुपर्दछ । यो पनि एक प्रकारको वर्गसङ्घर्ष हो । अहिले धेरै ठुला ठुला गफ गर्नुभन्दा पनि यस प्रकारको आन्दोलनमा केन्द्रित हुनु नै आन्दोलनको एउटा रणनीति हुनुपर्दछ ।

    शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.