काठमाडौं । आफ्नै छोरीलाई बलात्कार गर्न खोजेको आरोपमा बाबु पक्राउ परेका छन् । काभ्रे मण्डनदेउपुर नगरपालिका–१० घर भइ काठमाडौंको टोखा नगरपालिका–९, गोंगबु गणेशस्थान बस्ने ४० वर्षीय गणेश तामाङ पक्राउ परेका हुन् ।
Advertisement
उनले आफ्नै २२ वर्षीया छोरीलाई मंगलबार राति बलात्कार प्रयास गरेको आरोप लागेको छ। राति करिब साढे १ बजे आफ्नै छोरीलाई बलात्कार गर्न खोजेको भन्ने खबर पाउनासाथ महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले आरोपित गणेशलाई पक्राउ गरेको हो।
अहिले आरोपित तामाङलाई महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तको नियन्त्रणमा राखिएको छ भने पीडित युवतीलाई स्वास्थ्य परीक्षणका लागि प्रसूतिगृह थापाथली पठाइएको प्रहरीले जानकारी दिएको छ।