तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
Advertisement
घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासि हराएका २२ महिनाका बालक रविन नेपालीको शव चितुवाले आधा भन्दा बढी खाएको अवस्थामा घरभन्दा एक किमी टाढा रहेको ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको प्रहरीले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिकामा पनि चितुवाले बालकलाई आक्रमण गरेपछि यहाँका स्थानीयवासी त्रसित भएका छन्। तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा छ बालबालिकाको मृत्यु भइसकेको छ।
पछिल्ला केही वर्षयता चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेकाले साँझ बिहानको समयमा सतकर्ता अपनाउन प्रशासनले स्थानीयलाई आग्रह गरेको छ ।

