दाङ । रक्तिम सांस्कृतिक अभियान दाङको जिल्ला भेला सम्पन्न भएको छ । केन्द्रीय सदस्य अनन्तराज आचार्यको प्रमुख आतिथ्यमा २०७९ असोज ३ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलाले अनन्तराज आचार्य अध्यक्ष रहनुभएको रक्तिमको जिल्ला सङ्गठन समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा बुद्धबहादुर जिसी, सचिवमा राजकुमार योगी, सहसचिवमा भरत भण्डारी र कोषाध्यक्षमा विक्रम पाण्डे चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यमा प्रतिज्ञा भण्डारी, झविन्द्र खनाल, पुष्पा भण्डारी, रेखा परियार र गौतम चौधरी रहनुभएको छ भने सदस्यको एक स्थान हाललाई रिक्त राखिएको छ ।
भेलाले डी.आर. भण्डारी, गोविन्द पन्थी र सुशीला थापालाई सल्लाहकारमा चयन गरेको छ ।
भेलामा अखिल नेपाल युवक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल, राजमो केन्द्रीय सदस्य गणेश आचार्य, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला सहसचिव मनिराम खनाल र राजमो घोराहीका नगर उपाध्यक्ष चन्द्रबहादुर राउतको पनि आतिथ्य रहेको थियो ।
भेलाको अध्यक्षता डी.आर. भण्डारीले, सञ्चालन तुलसीराम भण्डारी र स्वागत विक्रम पाण्डेले गर्नुभएको थियो ।