ओमान । ओमानमा सक्रिय पाँच संस्थाहरु (वैचारिक संयन्त्र) ले ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललाई स्वागत गरेका छन् ।
ओमान नेपाली एकता समाज, जनसम्पर्क समिती ओमान, नेपाली जनप्रगतिशील मञ्च ओमान, प्रवाशी नेपाली एकता मञ्च ओमान र विवेकशील नेपाली ओमानले राजदूत अर्याललाई स्वागत गर्नुका साथै अन्तरक्रियाको समेत आयोजना गरेका छन् ।
जनसम्पर्क समिति ओमानका सभापति सालिकराम चापागाईंको अध्यक्षतामा सम्पन्न स्वागत तथा अन्तरक्रिाय कार्यक्रमको सञ्चालन जनप्रगतिशील मञ्च ओमानका महासचिव पूर्ण बहादुर विक र स्वागत प्रवाशी नेपाली एकता मञ्च ओमानका अध्यक्ष लिलानाथ कोइरालाले गर्नुभएको थियो ।
कार्यक्रममा ओमान नेपाली एकता समाजका रक्तिम कलाकार टुक बहादुर रामदामसहित याम प्रसाद पौडेल, धनु कुँवर, मञ्जु बानियाँ, आकास नेपाली लगायतले स्वागत गीत गाउनुभएको थियो ।
आयोजकको तर्फबाट जनप्रगतिशील मन्चका अध्यक्ष उमेश विक, ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, प्रवासी नेपाली एकता मञ्चका सचिव प्रेम बमजन, विवेकशील नेपाली दलका संयोजक जीवन कार्कीले मन्तब्य राख्नु भएको थियो ।
यस्तै, विभिन्न संघ सस्थाका प्रतिनिधि प्रवाशी नेपाली एकता समाज ओमानबाट राजेश महर्जन, नेपाली समाज ओमानबाट राजेन्द्र राजथला, नेपाली महिला समूह ओमानबाट मधु गुरुङ, तामाङ समाज ओमान बाट अनिता तामाङ, दलित एकता संजाल ओमानबाट बिमला सुनार, बाग्लुङ सेवा समाजबाट सूर्य खत्री, म्याग्दी प्रवाशी नेपाली अमाज ओमानबाट टिकाराम विक, बुद्ध भिजन ओमानबाट ओमकार तामाङ, गुल्मी सेवा समाजबाट सूर्य पन्थीले समसामयिक विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा वैचारिक संयन्त्रको तर्फबाट राजदूतलाई खादा तथा पुष्पगुच्छा बाट स्वागत गरिएको थियो ।
राजदूत अर्यालले स्वागत गरिएकोप्रति खुशी व्यक्त गर्दै नेपाली श्रमिकका समस्याप्रति आफू सम्वेदनशील रहने बताउनुभयो ।