• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लेनिनवादी सङ्गठनात्मक सिद्धान्त र अनुशासन


  •   शनिबार, असोज ०१, २०७९ मा प्रकाशित
  • का. सफल
    लेनिनवादी सङ्गठनात्मक सिद्धान्त क्रान्तिकारी कम्युनिस्ट पार्टी वा सङ्गठन परिचालन गर्नका लागि बनेको नियम हो । लेनिनले, माक्र्स र एङ्गेल्सद्वारा प्रतिपादन गरेको सर्वहारा वर्गीय दर्शन वा सिद्धान्तको सिर्जनात्मक विकास गर्नुको साथै सङ्गठनात्मक सिद्धान्तको क्षेत्रमा पनि महत्वपूर्ण योगदान गरेका थिए । पार्टीलाई सङ्गठित गर्ने सिलसिलामा लेनिनले दुईओटा सिद्धान्त प्रतिपादन गरेका थिए । क्रान्तिकारी कम्युनिस्ट पार्टी वा पार्टी मातहतका वर्गीय सङ्गठनलाई व्यवस्थित पार्न बनेको जनवादी केन्द्रीयता, छलफलमा स्वतन्त्र र कार्यमा एकता दुई महत्वपूर्ण सङ्गठनात्मक सिद्धान्त थिए ।

    Advertisement

    सङ्गठन परिचालन र व्यवस्थित गर्नका लागि यो ठुलो उपलब्धि थियो । यसलाई लेनिनवादी सङ्गठनात्मक प्रणाली पनि भन्ने गरिन्छ । सङ्गठनात्मक सिद्धान्तको महत्वमाथि प्रकाश पार्दै लेनिनले भनेका छन्– “सही सिद्धान्त, सही राजनीतिक लाइनपछि सङ्गठनात्मक नीति सही हुनुपर्दछ ।” जनवादी केन्द्रीयता, छलफलमा स्वतन्त्रता र कार्यमा एकताको सिद्धान्तमा आधारित तथा परिचालित पार्टी सङ्गठनले मात्र पार्टी वा सङ्गठनले अवलम्बन गरेको सही सिद्धान्त, सही राजनीतिक लाइनलाई ठिक ढङ्गले लागु गर्न सक्छ । लेनिनले प्रतिपादन गरेको उक्त सङ्गठनात्मक सिद्धान्तलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र होइन, दुनियाँका कतिपय वाम वा लोकतान्त्रिक पार्टीले सङ्गठन परिचालनको सिलसिलामा अवलम्बन गरेको पाइन्छ ।

    यहाँ जनवाद र केन्द्रीयता दुई महत्वपूर्ण पक्ष रहेका छन् । जनवाद छलफलको स्वतन्त्रता वा अधिकारसँग सम्बन्धित छ भने केन्द्रीयता कामको एकता वा कर्तव्य पूरा गर्नेसँग सम्बन्धित छ अर्थात् जनवादको अर्थ आफ्नो इच्छाअनुसार काम गर्न पाउनुपर्छ भन्ने हो भने केन्द्रीयताको अर्थ कुनै विषयमा आफ्नो सहमति वा मन्जुरी नभए पनि पार्टी वा वर्गीय सङ्गठनको महाधिवेशन, केन्द्रीय समिति, उच्च समिति या बहुमतद्वारा पारित निर्णयलाई मानेर काम गर्नुपर्छ भन्ने हो । यसबाट हामी यो निष्कर्षमा पुग्न सक्छौ कि जनवादी केन्द्रीयताको प्रकृति द्वन्द्वात्मक प्रकारको हुँदो रहेछ र यसलाई द्वन्द्वात्मक रूपमै बुझ्नुपर्छ ।

    माथि उल्लेख गरिए जस्तै जनवादले आफ्नो इच्छाअनुसार काम गर्न पाउनुपर्छ भन्ने विषयमा जोड दिन्छ भने केन्द्रीयताले कुनै विषयमा आफू सहमत नभए पनि उच्च कमिटी वा बहुमतले गरेको निर्णयलाई मानेर जानुपर्छ भन्ने कुरामा जोड दिन्छ । जनवाद र केन्द्रीयताको उपयोग गर्दा लेनिनवादी सङ्गठनात्मक सिद्धान्तानुसार हामीले ध्यान दिनुपर्ने अर्को पक्ष हो । त्यसलाई (जनवादी केन्द्रीयता) समदुरीमा प्रयोग गर्नुपर्द अर्थात् जनवादको प्रयोग गर्दा केन्द्रीयतामा ध्यान दिन जरुरी हुन्छ । व्यवहारमा हामीले जनवादी केन्द्रीयताको प्रयोगमा तमाम समस्या देखा परेको पाउँछौँ ।

    पार्टी सङ्गठनभित्र प्रायः सदस्यहरूले जनवादको पक्षलाई बढी जोड दिने र केन्द्रीयताको पक्षलाई उपेक्षा गर्ने गरेको पाइन्छ । यदि त्यसमा हाम्रो ध्यान पुग्न सकेन र जनवादको पक्ष बढी भयो भने सङ्गठनभित्र अनुशासनविहीनता र अराजकताको अवस्था सिर्जना हुन्छ भने केन्द्रीयताको पक्ष बढी भयो भने त्यहाँ नोकरशाही वा तानाशाही प्रवृत्ति हाबी हुन्छ । त्यसैले जनवाद र केन्द्रीयतालाई सन्तुलन र नियन्त्रणको विधिअनुरूप प्रयोग गर्नुपर्छ । जनवादी केन्द्रीयता, छलफलमा स्वतन्त्रता र कार्यमा एकताको सिद्धान्तलाई लागु गर्नु भनेको आफैमा अनुशासित हुनु वा अनुशासनको पालना गर्नु हो ।

    नेपालमा माक्र्सवादी नीति वा सिद्धान्त र लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई लागु गरेर गठन भएको एक मात्र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेकपा (मसाल) हो । नेकपा (मसाल) ले अहिलेसम्म सोही नीतिअनुरूप पार्टी वा सङ्गठनका गतिविधि सञ्चालन गर्दै अगाडि बढेको छ । माक्र्सवादी सिद्धान्त र लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई आत्मसात गर्ने पार्टी वा सङ्गठन मात्र अनुशासित बन्न सक्छन् । अनुशासित पार्टी सङ्गठनले मात्र समाज परिवर्तनका लागि प्रभावशाली भूमिका खेल्न सक्छ ।

    नेकपा (मसाल) को क्रान्तिकारी नीति र अनुशासित सङ्गठन भएकै कारण यसले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर वामपन्थी अवसरवाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध निर्मम सङ्घर्ष गर्दै नेपालमा क्रान्तिकारी विचारको रक्षा गर्न सफल भएको छ तर यो कुरा पनि सत्य हो कि पार्टीको नीति, सिद्धान्त र सङ्गठनात्मक प्रणाली सही हुँदाहुँदै पनि वर्गीय चिन्तन निम्न पुँजीवादी भएको समाजबाट उत्पादन भएका पार्टी क्याडरको सङ्गठनमा आबद्धता भएका कारण लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई व्यवहारमा लागु गर्न ठुलो मिहिनेत वा सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ । पार्टी क्याडरका बिच उत्पन्न निम्न पुँजीवादी सोचाइ पक्कै पनि राजनीतिक, सैद्धान्तिक प्रशिक्षण, सङ्गठन निर्माण तथा वर्गसङ्घर्षकै दौरानमा साफ हुँदै जाने छन् र पार्टी आफ्नो लक्ष्यमा पुग्ने छ ।

    सिद्धान्त र व्यवहारको एकत्वबाट मात्र वास्तविक परिणाम आउँछ भन्ने माक्र्सवादी–लेनिनवादी मान्यता रहेको छ । नेकपा (मसाल) को आठौँ महाधिवेशनद्वारा पारित राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधानले उक्त मान्यतालाई अङ्गीकार गरेको छ । पार्टीविधानको अध्याय चारमा सङ्गठनात्मक सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्दा पालना गर्नुपर्ने नियम या पद्धतिको बारेमा उल्लेख गरिएको छ भने अध्याय तीनमा पार्टी अनुशासन विरुद्ध जाने पार्टी सदस्य र समितिलाई अनुशासनको दायरामा ल्याउन सक्ने व्यवस्था गरिएको छ । आधारभूत सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्दा पालन गर्नुपर्ने केही नियम निम्नानुसार छन् :

    (क) पार्टी वा सङ्गठनका सबै कार्यकारी समितिको निर्वाचन जनवादी पद्धतिका आधारमा गर्नुपर्दछ ।
    (ख) व्यक्ति सङ्गठनको मातहत, अल्पमत बहुमतको मातहत, तल्लो तह माथिल्लो तहको मातहत, सम्पूर्ण समिति केन्द्रीय समितिको मातहत र केन्द्रीय समिति महाधिवेशनको मातहतमा रहनुपर्दछ ।
    (ग) छलफलमा स्वतन्त्रता र कार्यमा एकताको नीति अपनाउनुपर्छ । साथै सामूहिक छलफल र व्यक्तिगत जवाफदेहिताको पद्धति अपनाउनुपर्छ ।
    (घ) महत्वपूर्ण विषयमा एकल निर्णय नलिई सामूहिक निर्णय लिनुपर्छ ।
    (ङ) जनवादी केन्द्रीयता, छलफलमा स्वतन्त्रता र कामको एकताको उपयोग गर्नको लागि सङ्गठनभित्र स्वच्छ राजनीतिक संस्कारको कायम हुनुपर्दछ ।
    (च) पार्टी वा सङ्गठनभित्र चल्ने अन्तरपार्टी मतभेदलाई आफ्नो अधिकार र सीमाभित्र रहेर प्रत्येक सदस्यले स्वस्थ तथा मैत्रीपूर्ण तरिकाले चलाउनुपर्दछ । ।
    (छ) प्रत्येक पार्टी सदस्यले आफ्नो सङ्गठनको विधान र अनुशासनभित्र रहर केन्द्रीय समितिको आलोचना या विरोध गर्न पाउँछ तर त्यस प्रकारको विरोध वा आलोचना गर्दा आफू रहेको समितिभन्दा बाहिरको समिति या तल या सार्वजनिक रूपमा गर्न पाइँदैन । आफू रहेको समितिभित्र वा माथिल्लो समितिमा भने आफ्नो सुझाव वा मत पठाउन सकिन्छ ।
    (ज) फरक मत राख्ने अल्पमतमा परेका जुनसुकै पार्टी सदस्यलाई पनि पार्टी अनुशासनमा रही पार्टीभित्र आफ्नो राय प्रकट गर्ने, समितिमा पुनः विचारार्थ त्यस विषयलाई उठाउन सक्ने, केन्द्रीय समितिसम्म आफ्नो आलोचना वा रिपोर्ट पठाउन सक्ने अधिकार हुन्छ तर उसले बहुमतको निर्णयलाई आफ्नो निर्णय मानेर काम गर्नुपर्छ ।
    (झ) लुजटक, ब्याक वाइटिङ, गुटबन्दी आदि कार्य अनुशासन विरुद्धका कार्य हुन् ।

    अतः सिद्धान्तनिष्ठ, अनुशासित र जुझारु सङ्गठन नभइकन हामीले समाज परिवर्तनको लागि प्रभावकारी भूमिका खेल्न सक्दैनौँ । सङ्गठन विस्तारका लागि योजनाबद्ध प्रकारले काम गर्नुपर्छ । क्रान्तिका आधारभूत वर्ग वा अन्य जनवर्गबाट कार्यकर्ता निर्माण गर्दै जानुपर्छ । समस्याको पहिचान जनताको बिचबाट गर्नुपर्छ भने समस्याको समाधान पार्टीमा खोज्नुपर्दछ ।

    शनिबार, असोज ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.