नवलपुर । पूवी नवलपरासी र कपिलवस्तुका वडा कार्यालयमा गएराति आगजनी गरिएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको १४ नं वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ न. वडा कार्यालयमा अज्ञात समूहले आगजनी भएको हो ।
Advertisement
आगजनीबाट कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ न. वडा कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ । गाउँपालिकाको कागजपत्र, फर्निचरलगायतका सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यस्तै, कावासोती नगरपालिकाको १४ नं वडा कार्यालयका पनि फर्निचरलगायतका सामग्री जलेको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।