काठमाडौं । बंगलादेश साफ महिला च्याम्पियसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भुटानमाथि ८–० को फराकिलो जित निकाल्दै बंगलादेश दोस्रो पटक फाइनलमा पुगेको हो ।
Advertisement
बंगलादेशको जितमा कप्तान सविना खातुनले ह्याट्रिक गरिन्। जहान स्वप्ना, श्रीमती कृष्ण रानी सरकार, नितु पुर्ण चक्मा, मसुरा प्रविन, तोहुरा खातुनले एक एक गोल गरे ।
पहिलो हाफमा ४–० को अग्रता बनाएको सविनाले दोस्रो हाफमा ४ गोल थपिन्। बंगलादेश सन् २०१६ पछि फाइनलमा पुगेको हो।
बंगलादेशले अब उपाधिका लागि दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्दैछन्।