बुटवल । रुपन्देहीको बुटवलमा ४ दिने समाचार–फिचर लेखन सम्बन्धी प्रशिक्षण बिहीबार सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको संयोजनमा भदौ २७ गतेदेखि प्रशिक्षण सञ्चालन भएको थियो ।
समापन कार्यक्रममा मुख्य प्रशिक्षक डा. सुरेश आचार्य, पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे, पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाई, प्रशिक्षक रामप्रसाद दाहाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले कार्यक्रममा मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता, उपाध्यक्ष अमृता अनमोलको स्वागत मन्तव्य तथा सहसचिव वीरेन्द्र कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।
२६ जना प्रशिक्षार्थी सहभागी रहेको उक्त प्रशिक्षणमा महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्यले समाचार–फिचर लेखन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै, प्रशिक्षक राम प्रसाद दाहालले लिङ्ग र लैङ्गिकताको अवधारणा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।