• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अध्ययन गर्ने बदल्नका लागि हो


  •   बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    आफूलाई सरोकार भएको विषयमा व्यक्तिले अध्ययन गर्दछ । अध्ययन गर्दा त्यो वस्तुमा भएका कमजोरी थाहा पाउन सकिन्छ । ती कमजोरी हटाउन सक्ने गरी अध्ययन गर्न जरुरी हुन्छ ।

    Advertisement

    हामी समाजमा रहन्छौँ । समाजको एउटा सदस्यको हैसियतमा हाम्रा गतिविधि अगाडि बढिरहेका हुन्छन् ।

    समाजको अध्ययन एउटा जटिल प्रकृया हो । समाजमा धनी, गरिब, मध्यम वर्गसमेतका मात्रै होइन† विभिन्न जातजाति, जनजाति मात्रै पनि होइन; धर्म, सम्प्रदाय, परम्परा, संस्कृति, भाषा, उमेर, लिङ्ग आदि फरक फरक अवस्थाका मान्छे आपसमा मिलेर, जुधेर आआफ्नो अस्तित्व कायम गरेका हुन्छन् । पेसा व्यवसायको हिसाबले पनि समाजमा फरक अस्तित्व कायम भएको हुन्छ । राज्यसत्तामा संलग्न भएर शासन सञ्चालन गर्ने अथवा शासनसत्ताभन्दा बाहिर रहेर अस्तित्व धानिरहेको अवस्थाका कारणले समेत समाजमा फरक अस्तित्वमध्ये एउटाको प्रतिनिधिसमेत भएर व्यक्ति समाजमा रहेको हुन्छ ।

    समाजका पुँजीजीवीको विश्व दृष्टिकोण पुँजीजीवी त हुने नै भयो तर श्रमजीवीको विश्व दृष्टिकोण पनि पुँजीजीवीकै जस्तो भएको हुनाले वर्तमान व्यवस्थाको आयु लामो भएको हो ।

    यी सबै विभिन्नताभित्र रहेर समाजको अध्ययन गर्नुपर्यो भने सबैभन्दा पहिले उत्पादक शक्ति र उत्पादन सम्बन्धको हिसाबले फरक ढङ्गले जीविका चलाएका समाजका सदस्य तथा समाजको वर्तमान अवस्थामा चलेको उत्पादन प्रणाली र त्यसमा संलग्न जनताको जीवन स्तर विषयलाई छुट्याएर श्रमजीवी अथवा पुँजीजीवी गरी दुई विपरीत कित्तामा वर्गीकरण गरेर अध्ययन सुरु गरेपछि श्रमजीवीको र पुँजीजीवीको विश्व दृष्टिकोणमा जनुपर्छ ।

    समाजका पुँजीजीवीको विश्व दृष्टिकोण पुँजजीवि त हुने नै भयो तर श्रमजीवीको विश्व दृष्टिकोण पनि पुँजीजीवीकै जस्तो भएको हुनाले वर्तमान व्यवस्थाको आयु लामो भएको हो ।

    पुँजीजीवी त्यो हो, जसले आफू काम गर्दैन, पुँजीको बलले आफ्ना कर्मचारी लगाएर नाफा बढाउने काम गर्छ । श्रमजीवी त्यो हो, जसले आफ्नै श्रम खर्च गरेर जीवनका आवश्यकता पूरा गर्छ । यिनीहरू विरोधी वर्गका मान्छे हुन् तर विश्व दृष्टिकोण समान हुन्छ । त्यो हो– शोषण बढाउने, नाफा बढाउने र आफूले गर्ने श्रम कटौति गरी श्रमजीवीबाट आफ्नो सम्पन्नता कायम गर्ने । दुवै पक्षको समाज विश्व दृष्टिकोणानुसार काम अगाडि बढ्दैन । एउटा पक्षको नाफा बढ्दै जान्छ, अर्काे पक्षको नाफा घट्दै जान्छ । यस्तो हुनुको कारण श्रमजीवी वर्गको उद्देश्य बदल्नुपर्छ । नत्र भने जीवनको बुढेसकालमा आफू पछुताउनुपर्छ । पछिल्लो पुस्ताले धिक्कार्छन् ।

    उद्देश्य किन बदल्ने र बदलेर के बनाउने भन्ने विषय लामो अध्ययन र छलफलको विषय हो । तैपनि हामीले साधारण किसिमले मनन गर्नुपर्ने कुरा मान्छेको उद्देश्य मान्छेलाई शोषण गर्ने हुनुहुन्न । मान्छे मान्छेबिच माया, प्रेम र सद्भाव कायम हुनुपर्दछ र कायम राख्नुपर्छ । हाम्रा घटीभन्दा घटी आवश्यकता श्रम गरेर पूरा गर्नुपर्छ† समय बचाउनुपर्छ र सामूहिक स्वार्थको काममा खर्च गर्नुपर्छ । सामूहिक स्वार्थ वर्गका स्वार्थ हुन् । आफू पनि त्यो वर्गको पार्टीमा समावेश भएर एउटा सदस्यको हैसियतमा जिम्मा पूरा गर्नुपर्छ । त्यस्तो पार्टी बनिबनाउ रूपमा छैन भने आफू पनि समावेश भएर बनाउनुपर्छ ।

    विश्व दृष्टिकोण बनाउँदा अथवा बदल्दा सत्यको पक्ष लिने र भ्रमको पर्दाफास गर्ने गर्नुपर्छ तर सत्य कुन हो र भ्रम के हो ? पत्ता लगाउने काम पनि सजिलो छैन । सत्यलाई भ्रमको जालोले छेकेको हुन्छ । भ्रमलाई हटाएर मात्र सत्य पत्ता लगाउने गर्नुपर्छ ।
    सत्य पनि सापेक्ष र निरपेक्ष गरी दुई भागका हुन्छ । सापेक्ष सत्य अर्काेसँग तुलना गरेर हुने सत्य हो । त्यसबाट अगाडि बढ्दै गएर निरपेक्ष सत्यसम्म पुग्नुपर्छ । निरपेक्ष सत्य तुलना गर्नुनपर्ने सत्य हो । त्यसका लागि गहिरो अध्ययन र व्यावहारिक प्रयोगबाट अगाडि गएर मात्र सम्भव हुन्छ ।

    हामीले सत्य पत्ता लगाउन बहुमत र अल्पमतको समेत प्रयोग गर्नुपर्छ । बहुमतले मानेको सत्य र अल्पमतले मानेको सत्य भन्ने पनि सापेक्ष कुरा नै हुन् । बहुमतको निर्णयलाइ वास्ता नगर्दा समाजमा अराजकता पैदा हुन्छ ।

    कतिपय अवस्थामा सत्य अझै विभाजित हुन्छ; जस्तै : पूर्वमा देखिने सूर्य सत्य हो अथवा पश्चिममा देखिने सूर्य सत्य हो । यस्तो विवादित सत्यको निश्चित गर्न आफैले समय निश्चित गर्नुपर्छ । बिहानको समयमा पूर्वमा सूर्य हुने सत्य हो र साँझको समयमा पश्चिममा देखिने सूर्य सत्य हो ।

    यसरी नै हामीले सत्य पत्ता लगाउन बहुमत र अल्पमतको समेत प्रयोग गर्नुपर्छ । बहुमतले मानेको सत्य र अल्पमतले मानेको सत्य भन्ने पनि सापेक्ष कुरा नै हुन् । बहुमतको निर्णयलाइ वास्ता नगर्दा समाजमा अराजकता पैदा हुन्छ । बहुमतले सधैँ सत्यको पक्ष लिन्छ भन्ने पनि सही होइन तर अल्मत पक्षले आफूले समाजलाई बदलेर सत्यलाई बहुमत हुने अवस्थामा पुर्याउनसमेत आफ्नो उद्देश्य निश्चित गर्न जरुरी हुन्छ । धेरै वैज्ञानिकका आविष्कार सत्य हुँदाहुँदै पनि बहुमतका शासकले दिएको सजाय ब्यहोरेर मृत्युवरण गरे पनि मृत्युपश्चात मात्र सत्य सावित भएका उदाहरण छन् । त्यसको कारण अल्पमत भएर नै हो । त्यसैले सत्य सावित गर्न समाज परिवर्तन गर्नुपर्ने अवस्थामा भूमिगत भएरसमेत काम गर्न सक्नुपर्छ ।

    भूमिगत हुने भनेको नदेखिने अवस्थामा हुने भनेको हो; जस्तो : गर्भावस्थामा बच्चा देखिन्न । उसका अङ्ग–प्रत्यङ्ग पूरा विकसित भई जमिनमा रहेर बाँच्न सक्ने अवस्थामा नपुग्दासम्म बच्चा आमाको पेटमा गर्भावस्थामा रहेर पूर्णता प्राप्त गरेपछि मात्र बच्चा जन्मन्छ ।

    वर्तमान व्यवस्थाको संविधान र कम्युनिस्ट पार्टीको संविधान परस्पर विरोधी संविधान भएकाले कम्युनिस्ट पार्टी भूमिगत रहेको हुन्छ । जनताको आन्दोलनले वर्तमान राज्यसत्तालाई हराएपछि अथवा जनताले आफ्नो विरोधी राज्यसत्तालाई ध्वस्त पारेर आफ्नो राज्यसत्ता स्थापना हुन सक्ने गरी तयारी पूरा गरेपछि मात्र कम्युनिस्ट पार्टीलाई खुला गराउँछन् । त्यसकारण वर्तमान शासन प्रणालीमा आमूल परिवर्तन गर्न कम्युनिस्ट पार्टी भूमिगत भएको हो । त्यो पनि जनताको राजनैतिक चेतना स्तर उठाउन अथवा बदल्न भूमिगत भई काम गरिरहने कम्युनिस्ट पार्टी जनताको पक्षमा काम गर्ने राजनैतिक पार्टी हो । जनताको राजनैतिक चेतना स्तर उच्च बनाउन हरदम प्रयत्न नगर्ने कम्युनिस्ट पार्टी नाम मात्रको कम्युनिस्ट पार्टी हो ।

    अध्ययन गर्ने बुझ्नलाई हो । बुझ्ने बदल्नलाई हो । बदल्ने पहिलेभन्दा सजिलो, धेरै उत्पादन गर्ने र वितरण पनि व्यवस्थित बनाउन अथवा बदल्नलाई नै हो । राजनीति गर्ने समाज बदल्नलाई हो । त्यसका लागि पहिले बुझ्नुपर्छ । अध्ययन गर्नुपर्छ ।

    धनबहादुर नाम राखेर धनी नभइने, बलबहादुर नाम राखेर बलियो नभइने जस्तै कम्युनिस्ट पार्टी नाम राखेर जनताको पक्षमा काम नगर्ने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैन । दुईचार जना बहादुरको प्रयत्नबाट जनतालाई आमूल परिवर्तनको स्तरसम्म पुर्याउन नसकिने भए पनि जनताको पक्षमा काम गर्ने नेता–कार्यकर्ताको उच्च महत्त्व हुन्छ । जनतालाई इतिहासको निर्माता बनाउन कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताको उच्च महत्त्व हुन्छ तर खट्न, टिक्न भने सजिलो पक्कै पनि हुन्न ।
    अध्ययन गर्ने बुझ्नलाई हो । बुझ्ने बदल्नलाई हो । बदल्ने पहिलेभन्दा सजिलो, धेरै उत्पादन गर्ने र वितरण पनि व्यवस्थित बनाउन अथवा बदल्नलाई नै हो । राजनीति गर्ने समाज बदल्नलाई हो । त्यसका लागि पहिले बुझ्नुपर्छ । अध्ययन गर्नुपर्छ । कमजोरी पत्ता लगाउनुपर्छ । सुधारेर र आमूल परिवर्तन गरेर समाज व्यवस्थित बनाउनुपर्छ ।

    जनता पार्टीका कार्यक्रममा सहभागी नहुने कारण उनीहरूको राजनैतिक चेतना स्तर न्यून भएकाले हो । कम्युनिस्टको प्रयत्न जनतालाई आफै थाहा पाउने बनाउने हो । कुन राजनैतिक पार्टी सही हो र कुन राजनैतिक पार्टी सही होइन ? आफै छुट्याउन सक्ने भए भने जनताले त्यो राजनैतिक पार्टीलाई सहयोग र समर्थन गर्दछन्† आन्दोलनमा सहभागी हुन्छन् र पार्टी जनतामा स्थापित भएपछि आन्दोलित जनताकै बलले राज्यसत्तामा आमूल परिवर्तन सम्भव र सफल हुन्छ ।

    अध्ययन गर्ने र बदल्ने काम निरन्तर गरिरहने काम हो । महङ्गी, भ्रष्टाचार, अनियमितता शोषण, शासक र शासितको जीवनशैलीमा भिन्नता, सङ्घसंस्थामा पक्षपात आदि सबै बेथितिको जनताले मूल्याङ्कन गरिरहेकै हुन्छन् । शोषण सहन सक्ने क्षमता जतिसुकै बढाए पनि आखिरमा जनता आफैले बेथितिको अन्त्य गर्न कस्सिन्छन्, तब मात्र क्रान्ति सफल हुन्छ ।

    क्रान्ति कसैको रहरले सम्पन्न हुने चिज होइन तर नभई नछाड्ने र अवश्यम्भावी पनि हो । रोक्न सक्ने सबै तागतलाई छुट्याउने पनि क्रान्ति नै हो । राणाहरूले आफ्नो शासन नजिकै अन्त्य हुन लागेको महसुस गरेको भए सहिद बनाउने थिएनन् । राजाले आफै शासनसत्ताबाट हात धुन पुगिन्छ भन्ने महसुस गरेका भए जनताको शासन खोस्ने थिएनन् । त्यसैले बेथिति रोक्ने तागत जनताबाहेक कसैमा छैन ।

    जतिसुकै प्रयत्न गरे पनि समाजमा शोषण र अन्याय बढाउने कामको केन्द्रमा सम्पन्न वर्गका शासक नै छन् । उनीहरूसँग अधिकारै अधिकार एकत्रित गरेका छन् । विपन्न वर्गसँग कर्तव्य थुपारिदिएका छन् । यिनै कर्तव्यको चाङबाट सङ्घर्ष गर्ने कर्तव्य रोज्न बाध्य बनाउँछन् ।

    डाक्टरले उपचार पद्धति बदल्छ; इन्जिनियरले घरको डिजाइन बदल्छ; कृषिविज्ञले खेतीको पद्धति बदल्छ; राजनैतिक नेताले समाज बदल्छ किनभने उनीहरूले वर्तमानमा भइरहेका पद्धतिको अध्ययन गरेका हुन्छन्† कमजोरी पत्ता लगाएका हुन्छन् र बदल्ने तरिकासमेत अध्ययन र व्यावहारिक प्रयोबाट थाहा पाएका हुन्छन् । त्यसकारण अध्ययन गर्ने बदल्नलाई नै हो ।

    समाजमा वर्ग छन् । परस्पर विरोधी वर्ग एकर्का विरुद्ध सङ्घर्ष गरिरहेका छन् । सम्पन्न वर्गले शोषण सहन सक्ने क्षमताको विकास गराएर र सङ्गठित हुनबाट रोकेर शासन सञ्चालन गरिरहेका छन् । जतिसुकै प्रयत्न गरे पनि समाजमा शोषण र अन्याय बढाउने कामको केन्द्रमा सम्पन्न वर्गका शासक नै छन् । उनीहरूसँग अधिकारै अधिकार एकत्रित गरेका छन् । विपन्न वर्गसँग कर्तव्य थुपारिदिएका छन् । यिनै कर्तव्यको चाङबाट सङ्घर्ष गर्ने कर्तव्य रोज्न बाध्य बनाउँछन् ।

    सङ्घर्ष गर्न सङ्गठन चाहिन्छ । जतिसुकै प्रतिभाशाली भए पनि एक्लैको मिहिनेतले केही हुन्न । सङ्गठित हुन पहिला सिद्धान्त चाहिन्छ । त्यसपछि राजनीतिक कार्यक्रम चाहिन्छ । तेस्रो महत्त्वको चिज सङ्गठन हो । पहिलेका दुईओटा पक्षको महत्त्वमाथि ध्यान नदिइकन तेस्रो महत्त्वको सङ्गठनमा महत्त्व दिँदा दर्जनौँ कम्युनिस्ट पार्टी भएका छन् ।

    सैद्धान्तिक, राजनीतिक सङ्घर्ष गर्नुभन्दा साङ्गठनिक सङ्घर्ष गर्न सजिलो हुने दुईओटा कारण छन् । एउटा– आफ्नो अवसरवादी स्वार्थ पूरा गर्ने र यो काम धेरैले गर्ने र गर्न कस्सिने कारण जनताको राजनैतिक चेतनास्तर कम छ । सही र गलत छुट्याउने कसीमा घोट्न सक्दैनन् । दोस्रो सिद्धान्त र राजनीतिक लाइन सही बनाउन धेरै अध्ययन गर्नुपर्छ । त्यो अप्ठेरो काम हो । सजिलो काम रोज्दै गर्दा अवसरको उपयोग गर्ने दलदलमा भासिन्छन् ।

    अवसरको उपयोग गर्ने व्यक्तिहरू समाजमा धेरै छन् । आफू ठुलो मान्छे भएको अभिनय गर्छन् । नेता भएको अभिनय गर्छन् र अरू धरैलाई आफ्नो अनुयायी बनाएको नाटक गर्छन् तर त्यो नाटक मात्र भएको व्यवहारले प्रमाणित गर्छ ।

    उत्पादनका साधन व्यक्तिको नाममा दर्ता गर्ने नियम बनाएको छ । त्यसले गर्दा आफ्ना निम्नतम आवश्यकता पूरा गर्न प्रकृतिसित मात्र होइन, सम्पत्तिवाला व्यक्ति विरुद्ध सङ्घर्ष गर्नुपर्ने बनाएको छ ।

    परम्पराले कायम राखेको व्यक्तिवाद सबैभन्दा ठुलो कमजोरी हो । आफूलाई योग्यताको धनी, धनसम्पत्तिको धनी, मानमर्यादाको धनि, अरूभन्दा उच्च भएको आदि आदि सोचाइ समाजमा प्रचलित भएका कमजोरी हुन् । प्रत्येक व्यक्ति आफू उच्च भएको सोचाइ राख्न सक्छ तर व्यक्तिवादी व्यवस्थाले गर्दा अरूलाई कायम पार्न नाफा कमाउने चलन चलाएको छ ।

    उत्पादनका साधन व्यक्तिको नाममा दर्ता गर्ने नियम बनाएको छ । त्यसले गर्दा आफ्ना निम्नतम आवश्यकता पूरा गर्न प्रकृतिसित मात्र होइन, सम्पत्तिवाला व्यक्ति विरुद्ध सङ्घर्ष गर्नुपर्ने बनाएको छ ।

    जसले सङ्घर्ष गर्छ, उसको अस्तित्व रहन्छ । जसले सम्झौता गर्छ, ऊ सधैँ मातहतमा रहनुपर्छ । सङ्घर्ष गर्ने अस्त्विको रक्षा गर्नलाई हो । सम्झौता सशर्त हुन्छ; क्षणिक हुन्छ; समावेशी हुन्छ; समाजमा सन्तुलन कायम गर्नका लागि हुन्छ तर सङ्घर्ष निरपेक्ष हुन्छ । त्यसैले हरेक समय नयाँ सन्तुलन कायम गर्दै अगाडि बढ्नुपर्छ । सङ्घर्ष गर्ने बदल्नलाई, बदलिनलाई र नयाँ सन्तुलन कायम गर्नलाई आवश्यक चरित्र हो । त्यसैले हरेक व्यक्तिले सङ्घर्ष गर्न सिक्नुपर्छ र सक्नुपर्छ । नत्र भने आफ्नो, सङ्गठनको र आफ्नो वर्गको अस्तित्व सङ्कटमा पर्दछ ।

    बिहिबार, भदौ ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.