जसमान दर्नाल, सिन्धुली ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा मानव बेचविखना नियन्त्रण समिति बनाइएको छ ।
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको एक भेलाले गाउँपालिका स्तरीय मानव बेचविखन तथा ओसार पसार नियन्त्रण समिति गठन गरेको हो ।
गाउँपालिकाका अध्यक्ष बज्रध्वज बाइवाको अध्यक्षतामा भएको भेलाले वाइबाकै अध्यक्षतामा समिति गठन गरेको हो । जसको सदस्य सचिवमा गाउँपालिकाकी सामाजिक परामर्शदाता निर्मला मगराती हुनुन्छ ।
समितिका सदस्यहरुमा वडा न. ३ का वडाअध्यक्ष कुल बहादुर भोलन उज्वल, साइला लामा, नवीन लामा, कुलदिप पसवान, र लोक बहादुर गोले चयन हुनुभएको छ ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष वाइबाले मानव बेचबिखान विश्वमै डरलाग्दो स्थितिमा आएको र आफ्नो भूगोल पनि अछुतो हुन नसकेको हुनाले यस्तो अपराध रोक्न जनस्तरमा नै सचेतता जरुरी रहेको मा जोड दिनु भयो ।
हरिहरपुरगढि गाउँपालिकालाई मानव बेचविखान मुक्त बनाइने र सवैखाले अपराध नियन्त्रण गर्ने अध्यक्ष वाइबाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।